१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी

अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’

अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’
अ अ+ अ-

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको विवादास्पद अडियो प्रकरणबारे आफूले कानुनी प्रक्रियामार्फत अनुसन्धानमा सहयोग गरिरहेको बताउँदै अडियोमा कुराकानी गर्ने व्यक्तिहरूसँग आफ्नो कुनै व्यक्तिगत वा पारिवारिक सम्बन्ध नरहेको स्पष्ट पारेकी छन् ।

बिहीबार संघीय संसद्को कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसदहरूले अडियो प्रकरणबारे प्रश्न उठाएपछि मन्त्री चौधरीले आफूले अडियोमा सुनिएका व्यक्तिहरूलाई नचिनेको बताएकी हुन् ।

यसअघि सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियोमा दुई व्यक्तिबीच लेनदेनसम्बन्धी कुराकानी भएको सुनिएको थियो । कुराकानीका क्रममा कृषि मन्त्री चौधरी, गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ठाकुरसिंह थारुको नामसमेत लिइएको थियो । अडियोमा बोल्ने एक व्यक्तिले मन्त्री चौधरीलाई आफ्नो ‘मामाको छोरी’ भनेर परिचय गराएको दाबीसमेत गरेको सुनिन्छ ।

समितिमा जवाफ दिँदै मन्त्री चौधरीले अडियोमा बोल्ने व्यक्तिहरूसँग आफ्नो कुनै चिनजान नभएको दाबी गरिन् । उनले भनिन्, ‘अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन । व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन ।’

मन्त्री चौधरीले उक्त विषय कानुनी प्रक्रियामा प्रवेश गरिसकेको र अनुसन्धान भइरहेकाले त्यसबारे थप टिप्पणी गर्न नमिल्ने बताइन् ।

आफू लामो समयदेखि सुशासनको पक्षमा काम गर्दै आएको उल्लेख गर्दै उनले प्रमाणबिनाका टीकाटिप्पणीले विषयलाई अन्यत्र मोड्न नहुने धारणा राखिन् । ‘हामी सुशासनका लागि आएका हौं । टीकाटिप्पणी गर्नुभन्दा प्रमाण छ भने म फेस गर्न तयार छु,’ उनले भनिन् ।

उनले सञ्चारमाध्यमलाई समेत कुनै विषय सार्वजनिक गर्नुअघि त्यसको सत्यतथ्य पुष्टि गर्न आग्रह गरिन् । मन्त्री चौधरीले प्रमाणका आधारमा उठाइने प्रश्नको सामना गर्न आफू तयार रहेको दोहोर्‍याइन् ।