१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी

सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार

सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार
अ अ+ अ-

काठमाडाैँ । सुनसरीमा प्रहरीले ५६४ किलो गाँजासहित एउटा सुमो गाडी नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार गाडीका चालक भने फरार भएका छन्।

बर्जु गाउँपालिका–२ स्थित विराटनगर–बेलाहा सडकखण्डमा बुधबार राति करिब ११ः४० बजे इलाका प्रहरी कार्यालय सीतागञ्ज, प्रहरी चौकी अमडुवा र सशस्त्र प्रहरी बलको बीओपी अमडुवाबाट संयुक्त रूपमा खटिएको टोलीले विराटनगरबाट बेलाहातर्फ जाँदै गरेको बा १२ च १७३८ नम्बरको सुमो गाडीलाई जाँच गरेको थियो।

प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा चालकले गाडी छाडेर फरार भएका थिए। त्यसपछि गाडीको जाँच गर्दा भित्र गाँजाजस्तो देखिने पदार्थ ५६४ किलो फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रहरीले गाँजासहित सुमो गाडी नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दुहबीमा ल्याएको छ। बरामद पदार्थको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फरार चालकको पहिचान तथा खोजी कार्यसमेत भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।