१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी

ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी

ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी
अ अ+ अ-

काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले ज्येष्ठ नागरिकलाई केवल संरक्षण र हेरचाहको विषयका रूपमा नभई ज्ञान, अनुभव, सीप र सामाजिक सम्पदाका रूपमा सम्मान गर्दै राष्ट्र निर्माणमा उहाँहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने बताएकी छिन्।

३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले परिवार, समाज र राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएका सम्पूर्ण ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्दै सुस्वास्थ्य, सुख, शान्ति तथा दीर्घ जीवनको शुभकामना व्यक्त गरेकी हुन्।

यस वर्षको अन्तर्राष्ट्रिय नारा“दीर्घायुको युगः दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौँ” रहेको उल्लेख गर्दै मन्त्री बादीले दीर्घ जीवन उमेरको निरन्तरता मात्र नभई ज्ञान, अनुभव, सीप, संस्कार, सभ्यता र योगदानको अमूल्य सम्पदा भएको बताइन् ।

बदलिँदो पारिवारिक संरचना, सामाजिक परिवेश तथा आधुनिक जीवनशैलीका कारण ज्येष्ठ नागरिकको स्वास्थ्य, सामाजिक सुरक्षा, संरक्षण, हेरचाह र एक्लोपनका विषय थप चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै उहाँले संविधान तथा प्रचलित कानूनबमोजिम सरकारले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा, स्वास्थ्य, संरक्षण तथा हेरचाहसम्बन्धी कार्यक्रम र सेवा प्रदान गर्दै आएको बतएकी छिन्।

मन्त्री बादीले ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले “ज्येष्ठ नागरिक अनुभव बैंक” स्थापना गरी त्यसलाई संस्थागत रूपमा विकास गर्ने कार्यलाई मन्त्रालयले प्राथमिकता दिने घोषणा गरेकी छिन्।

डिजिटल प्रविधिको उपयोगमार्फत ज्येष्ठ नागरिकसँग रहेको ज्ञान, सीप र अनुभवको अभिलेखीकरण तथा पुस्तान्तरण गर्दै उहाँहरूको अनुभवलाई समाज र राष्ट्रको विकासमा उपयोग गर्ने अवधारणासहित अनुभव बैंकलाई अगाडि बढाइने सन्देशमा उल्लेख छ।

यसैगरी, भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा विपद्का कारण ज्यान गुमाउनुभएका ज्येष्ठ नागरिकप्रति मन्त्री बादीले श्रद्धाञ्जली अर्पण गरिन्। घाइते तथा प्रभावित ज्येष्ठ नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले उद्धार, राहत, संरक्षण तथा पुनर्स्थापनाका लागि मन्त्रालयले आवश्यक समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरेकी छिन् ।

“ज्येष्ठ नागरिकलाई केवल संरक्षणको विषयका रूपमा नभई ज्ञान, अनुभव र सामाजिक सम्पदाका रूपमा सम्मान गर्दै उहाँहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नु हाम्रो साझा दायित्व हो,” मन्त्री बादीको शुभकामना सन्देशमा उल्लेख छ।

ज्येष्ठ नागरिकको सम्मान, संरक्षण र अधिकारलाई व्यवहारमा रूपान्तरण गर्दै उहाँहरूको जीवनलाई सुरक्षित, मर्यादित, सक्रिय र अर्थपूर्ण बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको मन्त्री बादीले बताइन्। अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस हरेक वर्ष अक्टोबर १ मा विश्वभर मनाइँदै आएको छ।