काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक सुरु भएलगत्तै श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राई उठेपछि सभामुख डोलप्रसाद अर्यालले उनलाई बोल्न समय दिनुभएको छ।
बैठक सुरु गरेर सभामुख अर्यालले कार्यसूची अघि बढाउनुअघि सांसद राई आफ्नो स्थानबाट उठ्नुभएको थियो। त्यसपछि सभामुखले ‘किन उठ्नुभएको हो, आफ्ना कुरा राख्नुस्’ भन्दै राईलाई बोल्न समय दिनुभयो।
सभामुखले बोल्ने अवसर दिएपछि राईले छोटकरीमा, ‘सम्माननीय सभामुख महोदय, कुरा त्यही हो हजुर, धन्यवाद,’ भन्दै आफ्नो भनाइ टुंग्याउनुभयो।
राईको छोटो जवाफपछि सभामुखसहित केही सांसद हाँसेका थिए। श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन साहले दिएको विवादास्पद अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गर्दै आएको छ।ञञघद








