१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन

दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन

दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन
अ अ+ अ-

काठमाडाैँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तर सुधार गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रभावकारी अनुगमन र नियमन गर्न निर्देशन दिएका छन्।

टेलिफोन तथा इन्टरनेट सेवाको गुणस्तर कमजोर भएको उपभोक्ताको गुनासो कायमै रहेको भन्दै मन्त्री तिमिल्सिनाले बिहीबार प्राधिकरणका पदाधिकारीसँग सेवाको अवस्था, गुणस्तर परीक्षण, नियमन तथा सेवा विस्तारबारे जानकारी लिएका हुन्।

छलफलमा उनले काठमाडौँ उपत्यकाजस्तो क्षेत्रमा समेत टेलिफोन तथा इन्टरनेट सेवा कमजोर हुनु गम्भीर विषय भएको बताए। नागरिकले अपेक्षा गरेअनुसार भरपर्दो, गुणस्तरीय र सहज दूरसञ्चार सेवा उपलब्ध गराउने जिम्मेवारी नियामक निकाय र सेवा प्रदायक दुवैको भएको उनको भनाइ थियो।

मन्त्री तिमिल्सिनाले न्यून गुणस्तरको सेवा दिने तथा तोकिएको मापदण्ड पूरा नगर्ने सेवा प्रदायकमाथि कानुनबमोजिम कारबाही गर्न निर्देशन दिए। गुणस्तर परीक्षणका लागि आवश्यक उपकरण र संयन्त्रको पर्याप्त व्यवस्था गरी नियमित अनुगमन गर्न तथा त्यसको प्रतिवेदन मन्त्रालयमा बुझाउन पनि उनले प्राधिकरणलाई निर्देशन दिए।

उनले समस्या आएपछि मात्र प्रतिक्रिया दिनेभन्दा प्राधिकरण आफैँ सक्रिय भएर सेवाको अवस्था पहिचान गरी सुधारका लागि तत्काल कदम चाल्नुपर्ने बताए। साथै फोरजी सेवाको पहुँच विस्तार, विद्यमान सेवाको गुणस्तर सुधार र फाइभजी सेवा सञ्चालनका लागि स्पष्ट कार्ययोजना बनाएर अघि बढ्न उनले निर्देशन दिए।

छलफलमा प्राधिकरणका पदाधिकारीले गुणस्तर परीक्षण तथा अनुगमनमा आवश्यक सवारीसाधन र ड्राइभ टेस्ट उपकरण पर्याप्त नभएको जानकारी गराएका थिए। विगतमा उपकरण खरिदसम्बन्धी केही प्रक्रिया कानुनी विवादमा परेकाले पनि गुणस्तर परीक्षणमा समस्या भएको प्राधिकरणको भनाइ थियो।

प्राधिकरणले दूरसञ्चार सेवा गुणस्तरसम्बन्धी मापदण्ड जारी गरिसकेको भए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा चुनौती रहेको जनाएको छ। विद्यमान व्यवस्थाअनुसार सेवा प्रदायकले आफैँ ड्राइभ टेस्ट गरी प्रत्येक तीन महिनामा प्राधिकरणलाई गुणस्तरसम्बन्धी प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था रहेको छ।

सेवा गुणस्तर न्यून भएको पाइएमा सेवा प्रदायकलाई सचेत गराउने गरिएको र गुणस्तर सुधारका लागि पूर्वाधारमा थप लगानी आवश्यक रहेको प्राधिकरणले जनाएको छ। सेवाको माग बढ्दै गए पनि नेटवर्क क्षमता र पूर्वाधारमा सोहीअनुसार लगानी हुन नसक्दा केही क्षेत्रमा गुणस्तरको समस्या देखिएको प्राधिकरणको भनाइ थियो।

प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले देशभर दूरसञ्चार सेवाको नियमित अनुगमन तथा निरीक्षण भइरहेको जानकारी दिँदै न्यूनतम गुणस्तर मापदण्ड पूरा नगर्ने सेवा प्रदायकमाथि कानुनअनुसार कारबाही गरिने बताए।

उनले कमजोर टेलिफोन सेवाका विषयमा सेवा प्रदायकलाई यसअघि सचेत गराउँदै आएको र अब कानुनअनुसार आवश्यक कारबाही तथा जरिवाना गरिने बताए। अध्यक्ष घिमिरेले टेलिफोन तथा इन्टरनेट सेवाको गुणस्तर अनुगमनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।

बैठकमा सञ्चारसचिव राजेन्द्रकुमार पौडेल, प्राधिकरणका अध्यक्ष घिमिरेलगायत मन्त्रालय तथा प्राधिकरणका पदाधिकारी सहभागी थिए।