१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन

नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न

नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले सरकारको सुशासनसम्बन्धी दाबी र सरकारी निकायमा देखिएको कार्यशैलीबीच विरोधाभास रहेको बताएकी छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारी निकायमा हुने नियुक्तिमा ढिलाइ, प्रक्रियागत अन्योल र लामो समयसम्म निमित्त प्रमुखबाट काम चलाउने प्रवृत्तिले सरकारको सुशासनको नारामाथि प्रश्न उठाएको बताइन्।

सांसद सिद्धिकीले नेपाल फार्मेसी परिषद्को नियुक्ति प्रक्रियामा भएको ढिलाइलाई उदाहरणका रूपमा प्रस्तुत गरिन्। नियुक्तिका लागि सूचना जारी गरी तोकिएको समयभित्र अन्तर्वार्तासमेत सम्पन्न भइसकेको भए पनि २१ दिनसम्म नतिजा सार्वजनिक नगरिएको उनको भनाइ थियो।

पुरानो प्रक्रिया टुंग्याउनुपर्ने अवस्थामा त्यसलाई लम्ब्याएर नयाँ प्रक्रिया अघि बढाउने र आफू निकटका व्यक्तिलाई नियुक्त गर्ने प्रयास भएको हुन सक्ने भन्दै उनले आपत्ति जनाइन्। उनले नियुक्ति प्रक्रियामा पारदर्शिता र निष्पक्षता कायम गर्न सरकारको ध्यानाकर्षण गराइन्।

‘सुशासनको नारा सरकारकै हो तर कस्तो सुशासन हो यो ? आफ्ना प्रिय पात्रलाई नियुक्त गराउन प्रक्रियालाई लम्ब्याउने र जनतालाई झुक्क्याउने काम भइरहेको छ,’ उनले प्रश्न गरिन्।

सरकारी निकायमा एउटा निमित्त प्रमुख हुँदाहुँदै अर्को निमित्त नियुक्त गर्ने तथा लामो समयसम्म स्थायी नेतृत्व चयन नगरी निमित्तकै भरमा संस्था सञ्चालन गर्ने प्रवृत्तिले प्रशासनिक प्रणालीमा समेत नकारात्मक असर पार्ने उनको भनाइ थियो।

सिद्धिकीले नियुक्ति प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धात्मक र नियमसम्मत बनाउन सरकार गम्भीर हुनुपर्ने बताइन्।