१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन

कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’

कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालेन्द्र शाह नेतृत्वको सरकार जनमतका हिसाबले बलियो भए पनि शासन सञ्चालनमा कमजोर देखिएको टिप्पणी गरेको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकार गठन भएको ६ महिना बितिसक्दा पनि नागरिकको जीवनस्तर सुधार र मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउने काममा प्रभावकारी शासकीय क्षमता प्रदर्शन हुन नसकेको बताएका हुन् ।

उनले बहुमत प्राप्त हुँदैमा शासन सञ्चालनको क्षमता सुनिश्चित नहुने भन्दै सरकारले नागरिकको विश्वास जित्न नसकेको दाबी गरे । सरकार महत्वपूर्ण विषयभन्दा पनि स–साना मुद्दामा अल्झिएको उनको आरोप थियो ।

आङदेम्बेले प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क जाँदा र फर्कँदा संसद्लाई जानकारी नगराएको भन्दै संसदीय परम्परा र मर्यादा उल्लङ्घन भएको बताए । प्रमुख प्रतिपक्षी दलका नेता संसद्मा बोलिरहेका बेला प्रधानमन्त्री अनुपस्थित रहनु तथा संसद्लाई आफ्नो अनुकूलतामा सञ्चालन गर्न खोज्नु दुःखद भएको उनको भनाइ थियो ।

नयाँ पुस्ताको नाममा उदाएका लोकप्रियतावादी नेतृत्वबाट लोकतन्त्रका आधारभूत संरचनामाथि चुनौती थपिएको भन्दै उनले चिन्ता व्यक्त गरे । पूर्वप्रधानन्यायाधीशलाई मध्यरातमा पक्राउ गरी पछि छाडिएको घटनालाई कानुनी राज्यको उपहासको उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले राज्य संयन्त्रबाट यस्ता गैरजिम्मेवार गतिविधि हुन नहुने बताए ।

निजी क्षेत्रलाई सरकारको साझेदारका रूपमा लिनुको सट्टा अपराधीजस्तो व्यवहार गरिएको र कर्मचारीतन्त्रमा राजनीतिक हस्तक्षेप बढेको पनि आङदेम्बेले आरोप लगाए । देशको अर्थतन्त्र कमजोर अवस्थामा पुगेको तथा महँगीका कारण सर्वसाधारणको दैनिकी प्रभावित भइरहँदा सरकार पर्याप्त संवेदनशील बन्न नसकेको उनको भनाइ थियो ।

विपद् व्यवस्थापनमा समेत सरकार प्रभावकारी हुन नसकेको आरोप लगाउँदै उनले बाढी–पहिरोबाट प्रभावित नागरिक अझै कठिन अवस्थामा रहे पनि राज्यको पर्याप्त उपस्थिति महसुस हुन नसकेको बताए ।

प्रतिपक्षको भूमिका सरकारको विरोधमा सीमित नभई सरकारलाई सही दिशामा अघि बढाउन खबरदारी गर्नु पनि रहेको उल्लेख गर्दै आङदेम्बेले कार्यशैलीमा तत्काल सुधार गर्न सरकारलाई आग्रह गरे । उनले लोकप्रियतावादी र हुकुमी शैली त्यागेर सुशासन, सामाजिक न्याय र विकासलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराए ।