१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन

२० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग

२० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले लामो समयदेखि अलपत्र रहेका संक्रमणकालीन न्यायसम्बन्धी फाइल तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण गराएकी छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै बास्कोटाले करिब दुई दशकदेखि विभिन्न मन्त्रालयका दराजमा थन्किएका न्यायसम्बन्धी फाइलले अझै गति लिन नसकेको भन्दै असन्तुष्टि जनाइन्।

उनले शान्ति मन्त्रालय हुँदै गृह र कानुन मन्त्रालयसम्म पुगेका संक्रमणकालीन न्यायका मुद्दालाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताइन्। न्यायको पर्खाइमा रहेका पीडितले लामो समय बितिसक्दा पनि न्याय पाउन नसकेको भन्दै उनले प्रशासनिक ढिलाइ अन्त्य गर्नुपर्नेमा जोड दिइन्।

बास्कोटाले विगत एक वर्षदेखि गृह मन्त्रालयमा रोकिएको ‘जेनजी’ आन्दोलनसँग सम्बन्धित फाइललाई समेत तत्काल निर्णय प्रक्रियामा लैजान माग गरिन्।

सरकारले सात दिनभित्र फाइलहरू निर्णयार्थ अघि बढाउने प्रतिबद्धता जनाएको विषयलाई सकारात्मक रूपमा लिँदै उनले प्रतिबद्धता व्यवहारमै कार्यान्वयन हुनुपर्ने बताइन्।

‘सरकारले सात दिनभित्र फाइल अगाडि बढाउने भनेको कुरा सकारात्मक छ, तर ती फाइलहरू कहाँ र कुन अवस्थामा छन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ,’ उनले भनिन्।

सरकारको प्रतिबद्धता कागजमा मात्र सीमित नभई व्यवहारमा देखिनुपर्ने बताउँदै बास्कोटाले लामो समयदेखि न्यायको प्रतीक्षामा रहेका पीडितले अब न्याय पाउनेमा आफू आशावादी रहेको उल्लेख गरिन्।