काठमाडौँ :राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीद्वारा जारी विज्ञप्ति अनुसार, नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३ असोज १३ गतेको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले चालु अधिवेशन अन्त्य गर्नुभएको हो।
संसद्को दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को अधिवेशन संवत् २०८३ साल असोज १६ गते शुक्रबार राती १२:०० बजेदेखि लागू हुने गरी अन्त्य गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
तस्विर : नेपाल फोटो सर्भिस(NPS)









