२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै News Polar इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी News Polar निकुञ्जमा जिप सफारी सुरु News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति

शंकर पोखरेलको स्टाटसमा सोविता गौतमको कटाक्ष– दिइन् यस्तो सुझाव

शंकर पोखरेलको स्टाटसमा सोविता गौतमको कटाक्ष– दिइन् यस्तो सुझाव
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा पोस्ट गरेको फोटोसहितको स्टाटसलाई लिएर कटाक्ष गरेकी छन् ।

महासचिव पोखरेलले तीनकुनेदेखि सल्लाघारीसम्म एमालेको भ्रातृ संस्था युवासँघले निकालेको मोटरसाइकल र्‍यालीको फोटो राख्दै स्टाटस लेखेका थिए ।

तर रास्वपा सांसद गौतमले त्यसमाथि प्रतिक्रिया दिँदै तीनकुने जस्तो संवेदनशील स्थानमा भीड जम्मा गर्नु कुनै पनि दृष्टिले उचित नहुने टिप्पणी गरेकी हुन् ।

उनले काठमाडौंलाई विश्वकै सबैभन्दा प्रदूषित शहरको सूचीमा पुर्‍याउन समेत मोटरसाइकल र्‍यालीले सहयोग पुगेको दाबी गरेकी छन् ।

सांसद गौतमले महासचिव पोखरेलाई के दिइन् त सुझाव–

Shankar Pokhrel कमरेड नमस्कार,

भिडको माहोल र मनोवृत्ति पूर्वानुमान गर्न सकिँदैन। १५ गते तीनकुनेमा भएको घटनाले भिड भड्किँदा कस्तो जोखिम आउन सक्छ भन्ने कुरा सबैलाई प्रष्ट सन्देश दिइसकेको छ। त्यसैले तीनकुने क्षेत्रमा भिड जम्मा गर्नु कुनै पनि दृष्टिकोणले उचित देखिएन कमरेड।

तीनकुने आफैंमा एक संवेदनशील सुरक्षा क्षेत्र हो — जहाँ केही सय मिटरको दूरीमा अन्तर्राष्ट्रिय विमानस्थल, आयल निगम (Aviation Fuel Depot), पेट्रोलपम्प र सञ्चारमाध्यमका कार्यालयहरू छन्। यस्तो स्थानमा थोरै मात्रको असावधानीले पनी ठूलो दुर्घटना निम्त्याउन सक्छ भन्ने कुरा दृष्टिगत भएकै हुनुपर्छ।

साथै, काठमाडौंलाई विश्वकै सबैभन्दा प्रदूषित शहर बनाउने दौडमा मोटरसाइकल र्यालीले पनी थप सहयोग पुर्याएको छ भन्ने महसुस भयो। सादर सुझाव छ—अर्को पटक यस्तै र्याली गर्नै हो भने साइकल र्याली गर्नुहोस् तर गौशाला देखी जडीबुटी क्षेत्र छोडेर।

तसर्थ भिड जम्मा हुने स्थान तय गर्दा कम्तिमा सुरक्षा, संवेदनशीलता र वातावरणीय चेतनालाई केही प्राथमिकता दिइयोस् भन्ने आग्रह गर्दछु।