४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कोशी प्रदेशमा छायांकन गरिएको प्रेमिल म्युजिक भिडियो “तिम्रो साथमा ” सार्वजनिक

कोशी प्रदेशमा छायांकन गरिएको प्रेमिल म्युजिक भिडियो “तिम्रो साथमा ” सार्वजनिक
अ+ अ-

काठमाडौँ। एभरेष्ट ग्यालरीको प्रस्तुतिमा तयार भएको प्रेमिल म्युजिक भिडियो “तिम्रो साथमा” सार्वजनिक गरिएको छ। भिडियो कोशी प्रदेशअन्तर्गत झापाको अर्जुनधारा नगरपालिका र इलामको कन्यामलगायतका रमणीय पर्यटकीय स्थलहरूमा छायांकन गरिएको हो।

यस गीतमा गायक प्रताप दास र सुनिता थेगिमले स्वर दिएका छन् भने संगीतकार राजकुमार बगरले संगीत भरेका छन्। शब्दरचना भने कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव समेत रहेका हेम राज तामाङले गरेका हुन्। भिडियो गीतकारकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

लोकप्रिय मोडल/कलाकार सनम कठायत र आश्विनी शाहीले अभिनय गरेको भिडियो उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादनमा तयार भएको हो।

“दृश्यमा नेपाल” शीर्षकमा एभरेष्ट ग्यालरीले सुरु गरेको राष्ट्रिय अभियानअन्तर्गत यो भिडियो सार्वजनिक गरिएको हो। यस अभियानमार्फत मुलुकका प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र सामाजिक जीवनलाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ। साथै, कोशी प्रदेश पर्यटन वर्ष २०८२ लाई समर्थन पुग्ने विश्वास अभियानका अभियन्ता तथा कलाकार सनम कठायतले व्यक्त गरेका छन्।