२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै

संक्रमितहरुको व्यवस्थापनमा असहज, अस्पतालहरूलाई चाप थेग्न मुस्किल

संक्रमितहरुको व्यवस्थापनमा असहज, अस्पतालहरूलाई चाप थेग्न मुस्किल
अ अ+ अ-

काठमाडौँ । लक्षणसहितका कोरोना संक्रमितको संख्या बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरूलाई चाप थेग्न मुस्किल परेको छ । उपत्यकाका अस्पतालका व्यवस्थापक तथा चिकित्सकहरूका अनुसार हाल उपलब्ध सबै आइसोलेसन शय्या तथा केही हदसम्म आईसीयू पनि संक्रमितहरूले भरिएका छन् । नयाँ थपिने संक्रमितहरूमा कुनै जटिल समस्या देखिए व्यवस्थापन गर्न असम्भव बन्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) स्रोतका अनुसार उपत्यकामा गत साता लक्षणसहितका संक्रमितहरूको संख्या करिब ३० प्रतिशत हाराहारी थियो भने यो साता ४० प्रतिशत हाराहारी पुगेको छ ।

मुलुकभरमा मंगलबार मात्रै १ हजार १६ जना संक्रमित थपिएका छन् भने काठमाडौं उपत्यकामा २ सय ५ जना नयाँ संक्रमित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार उपत्यकामा संक्रमित राख्न करिब ६ सय आइसोलेसन शय्या मात्रै उपलब्ध छ । कोभिड–१९ का बिरामीहरूको उपचारका लागि भेन्टिलेटरको सुविधासहितका शय्याको संख्या करिब सय हाराहारी छ । सरकारले देशभरमा उपलब्ध कुल आईसीयू शय्याको संख्या ९ सय ४६ र भेन्टिलेटरको संख्या ४ सय ९६ उल्लेख गरे पनि ती सबै कोभिड–१९ का बिरामीका लागि उपलब्ध हुन सक्दैनन् । उपत्यकामा बाहिरबाट पनि संक्रमित उपचारका लागि आउने गरेका छन् । ठूलो संख्यामा कोभिड–१९ का बिरामी उपचार गरिरहेको उपत्यकाको एक सरकारी अस्पतालका चिकित्सकका अनुसार अब भेन्टिलेटर आवश्यक पर्ने बिरामीको व्यवस्थापन गर्न सकिने अवस्था छैन ।

‘कहीँ पनि भेन्टिलेटर खाली छैन रे । हाम्रो अस्पतालमा पनि आईसीयूमा भएका जति सबैलाई भेन्टिलेटर चाहिएको छ,’ उनले भने, ‘केही बिरामी यही बीचमा निको भए भने ठीकै छ । नत्र त अब के भनौं ’ काठमाडौं उपत्यकामा सुरुमा कोरोना संक्रमितको उपचार गरेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि कोरोना संक्रमित भरिँदै गएको छ । ‘अरू बिरामीका लागि जस्तो यसमा बेड बढाउन गाह्रो छ । जहाँ पायो त्यही राख्न मिल्दैन । हामीले एउटै रुममा दूरी कायम गरेर बिरामी राख्ने कि भनेर पनि कोसिस गरेका हौं तर आइसोलेसनका बिरामीहरूले नै विरोध गरे,’ अस्पतालका निर्देशक डा। सागरराज भण्डारीले भने, ‘त्यसैले हामीले स्ट्यान्डर्ड मेन्टेन गरेर जति सकिन्छ त्यति गरेका हौं । बिरामी व्यवस्थापन गर्न गाह्रो छ । दिनमा कम्तीमा ५–६ जना डिस्चार्ज हुन्छन् तुरुन्त अरू भर्ना भइहाल्छन् ।’ सय शय्या क्षमता भएको टेकु अस्पतालमा हाल संक्रमितको उपचारका लागि ३० वटा आइसोलेसन शय्या र २० वटा आईसीयू शय्या छन् ।

‘अहिले त हामीले लक्षण भएकाहरूलाई मात्र लिने गरेका छौं,’ डा. भण्डारीले भने, ‘हामी बेडको क्षमता बढाउन सक्दैनौं । हाम्रो क्षमता, स्रोत, जनशक्ति यति नै हो । यस्ता बिरामी उपचार गर्न निगेटिभ प्रेसर रुम चाहिन्छ जुन अरू अस्पतालमा पनि छैन । त्यसैले पनि स्वास्थ्यकर्मीहरू पनि संक्रमित हुने गरेका छन् । सरकारले यहाँको जस्तो अस्पताल अरूतिर पनि बनाउनुपर्यो ।’ ६ सय शय्याको त्रिवि शिक्षण अस्पतालले पनि गणेशमान भवनमा कोरोना संक्रमितको उपचार गरिरहेको छ । केही समययता स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएकाले यस अस्पताललाई बेड मिलाउन हम्मे परेको छ । अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक डा.सन्तकुमार दासका अनुसार हाल ६० जना कोरोना संक्रमित उपचाररत छन् । ‘हाललाई कोरोना उपचारका लागि ४५ बेड क्षमता छ । हाम्रै स्टाफ पनि संक्रमित भइरहेका छन् । बेड सब प्याक छन्,’ उनले भने । उनले समान्य शय्या थप्दै लगिरेहको जानकारी दिँदै बिरामी व्यवस्थापन गर्न गाह्रो भएको बताए । ‘नन–कोभिड बिरामी पनि धेरै छन् । गणेशमान भवनमा जति क्षमता छ, त्यति मिलाउने हो । अरूतिर बिरामी राख्यो भने सर्ने सम्भावना बढी हुन्छ,’ उनले भने ।

सरकारी अस्पतालहरूमध्ये उपत्यकामा सबैभन्दा बढी संक्रमित उपचार गरेको पाटन अस्पतालमा पनि शय्या अपुग हुन थालेको छ । पाटनका निर्देशक डा। रवि शाक्यका अनुसार हाल अस्पतालमा ८९ जना संक्रमित आइसोलेसन वार्डमा भर्ना छन् भने २१ शय्या क्षमताको आईसीयूको पनि १० शय्यामा गम्भीर प्रकृतिका बिरामी भर्ना छन् । ‘बेड उपलब्ध गराउनै गाह्रो छ । त्यसमाथि स्वास्थ्यकर्मीहरूको व्यवस्थापन अर्को समस्याका रूपमा देखिएको छ,’ डा. शाक्यले भने, ‘अहिले बिरामी केही कम भएका विभागबाट स्वास्थ्यकर्मी तथा चिकित्सक तानेर कोभिड उपचारमा खटाइरहेका छौं ।’

कोभिड–१९ का बिरामीको उपचार सुरु गर्ने पहिलो निजी अस्पताल ह्याम्सका निर्देशक डा। ज्योतिन्द्र शर्माका अनुसार संक्रमितको उपचारका लागि भनेर छुट्याइएका सबै आइसोलेसन र आईसीयू शय्या भरिएका छन् । ह्याम्समा ३८ जना संक्रमितको उपचार भइरहेको छ जसमध्ये ११ जना आईसीयूमा छन् । ‘पहिला एउटा कोठामा एउटा मात्र बेड राखेका थियौं । पछि आइसोलेसन बेड नपुगेर एउटा कोठामा दुइटा बनाएका छौं । यस्तै पोस्ट अपको जेनेरल बेडलाई पनि ओइसोलेसनमा परिवर्तन गरेका छौं,’ डा. शर्माले भने, ‘अहिले बेड उपलब्ध गराउनै गाह्रो छ । इमर्जेन्सी आउने बिरामबाट र फोनमा पनि आइसोलेसन बेड छ कि छैन भन्ने प्रश्न धेरै आउँछन् ।’

७ सय ५० बेड क्षमता रहेको मेडिसिटी अस्पतालमा हाल ३ सय बेड सञ्चालनमा छन् । अस्पतालका महाप्रबन्धक विजय रिमालले संक्रमित बढे पनि उपचार गरिहाल्न गाह्रो हुने बताए । ‘कोरोनाका केस आए पनि कसरी उपचार गर्ने भन्नेमा निर्णय गरिहालेका छैनौं । अरू बिरामीलाई कहाँ राख्ने भन्ने समस्या भएको छ,’ उनले भने । महाप्रबन्धक रिमालका अनुसार अस्पतालमा सेन्ट्रल एसी सिस्टम छ । एयर सर्कुलेसन मिलाउन सकिएन भने अरूलाई पनि कोरोनाको जोखिम हुन्छ । उनका अनुसार मेडिसिटी अस्पतालमा आइसोलेसनमा रहेका शंकास्पद बिरामीलाई पोजिटिभ देखिएर अन्त जान नमाने मात्रै उपचार गर्ने गरिन्छ । ‘हाम्रो आइसोलेसन बेड संख्या ३३ हो । १० वटा सञ्चालनमा छन् । बेड मात्र राखेर हुँदैन, संक्रमितलाई अप्रेसनलगायत अरू पनि उपचार गर्नुपर्ने हुन सक्छ । आईसीयू पनि चाहिन्छ होला’, उनले भने ।

धापासीस्थित ग्रान्डी अस्पतालले भने आफ्नो क्षमताले भ्याएसम्म कोरोना संक्रमितको उपचार गर्ने जनाएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा। चक्रराज पाण्डेले १० शय्याको आईसीयूसहित ४० शय्याको आइसोलेसन शय्या तयार गरिएको जानकारी दिए । ‘यस्तो बेला देशलाई सहयोग गर्ने हो । उपचारमा प्रयोग हुने औषधि पनि महँगो छ,’ उनले भने ।

सरकारको गफ धेरै, काम कम

एक सरकारी अस्पतालको आईसीयूमा कार्यरत चिकित्सकका अनुसार अहिले अस्पतालहरूको अवस्था भयावह भइसकेको छ । ‘बाहिरी जिल्लामा उपचार नपाएर काठमाडौं आएका पनि धेरै छन् । यहाँ पनि लक्षण भएका संक्रमित धेरै देखिन थालेपछि समस्या भएको हो,’ उनले भने, ‘सरकारले नै हस्तक्षेप गरेर आईसीयू र भेन्टिलेटरयुक्त सुविधा नथप्ने हो भने धेरै जनाको ज्यान जाने निश्चित छ । हामीले च ाहेर पनि उपचार गर्न सक्ने अवस्था छैन ।’

ती चिकित्सकका अनुसार सरकारले अहिले हरेक दिन आईसीयू शय्या र भेन्टिलेटरको सुविधा भनेर सार्वजनिक गरेको तथ्यांक नै गलत छ । ‘उदाहरणको लागि शिक्षण अस्पतालमा कुल ५० आईसीयू बेड छ त्यसमध्ये २० बेड लेभल ३, २० बेड लेभल २ र १० बेड लेभल १ का छन् । कोभिड–१९को उपचारका लागि १० बेड मात्रै छुट्याइएका छन् । तर, मन्त्रालयले शिक्षण अस्पतालमा ५१ वटा आईसीयू बेड भनेर गणना गरेको छ,’ उनले भने, ‘सबै अस्पतालले आफ्नो आईसीयू बेड र भेन्टिलेटर कोभिड–१९ को उपचारका लागि दिए अरू बिरामी कहाँ जाने ?’ कान्तिपुर दैनिक