२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङको बुङगलमा पहिरो गयो, २ बेपत्ता ४ जना घाइते



सांकेतिक तस्बिर
अ+ अ-

बझाङ । लगातारको बर्षासँगै बुङगल नगरपालिका ५ मिडीमा गएराती १ः१५ बजे पहिरो गएको छ । पहिरोमा परी २ बेपत्ता भएका छन् भने ३ जना घाइते भएका छन् । जस मध्ये एक जना भाग्न सफल भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

घरमाथिबाट आएको पहिरोले स्थानीय प्रताप ताम्राकारको घर बगाएको हो । नेपाल प्रहरी र स्थानीयको सहयोगमा पहिरोमा पुरिएका ३ जनाको उद्धार गरिएको छ भने बेपत्ता २ जनाको खोजी भइरहेको छ । प्रताप ताम्राकार रोजगारीको सिलसिलामा भारतको ब्याङलोरमा छन् । पहिरोमा परेर ४० बर्षिया श्रीमती पिपला ताम्राकार, १८ वर्षकी छोरी सुनिता र १२ बर्षका टिन्टी ताम्राकार र १६ बर्षका अनिल ताम्राकार घाइते भएका छन् ।

घाइते चारै जनाको खिरातडी स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । १४ बर्षका छोरा सचिन ताम्राकार र बुङ्गल नगरपालिका वडा नम्बर ४ तिर्थबगर बस्ने दमन ओखेडाका ५ बर्षका सुदिप ओखेडा बेपत्ता भएका छन् । राजधानी दैनिक