• १ असार २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्री दाहालसँग पाकिस्तानका राजदूत हास्मीको भेटवार्ता ★   ढिस्कोले पुरिएकी बेपत्ता महिलाको शव फेला ★   बंगलादेशले नेदरल्यान्ड्सलाई २५ रनले हरायो, २०१४ को च्याम्पियन श्रीलंका सुपर ८ दौडबाट बाहिरियो ★   इंग्ल्याण्डले १९ बलमा ४८ रनको लक्ष्य पछ्यायो, विश्वकपमा सबैभन्दा छिटो रन चेज ★   जिल्ला न्यायाधीशको लिखित परीक्षामा आठ उत्तीर्ण ★   ‘काठमाडौँ स्कुल अफ ल’ र भाषा आयोगबीच भाषा संरक्षणका पक्षमा सम्झौता ★   हवाई उडानका लागि उड्डयन मौसम सेवा महत्वपूर्ण छ: मन्त्री बस्नेत ★   कोशी सरकार विरुद्धको रिट हेर्दाहेर्दैमा ★   कुमारीको मनोभावमा आधारित नाटक ‘अग्निच्क्षु’ मञ्चित ★   रूग्ण उद्योग पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री

भारतमा थप दुई लाख ५८ हजार नयाँ सङ्क्रमित



नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ५८ हजार ८९ जना सङ्क्रमित भएका छन् । अघिल्लो दिनको तुलनामा दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेको देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ । आइतबार सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा दुई लाख ७१ हजार २०२ जना नयाँ सङ्क्रमित थपिएका थिए । 

भारतमा अहिलेसम्म कुल तीन करोड ७३ लाख ८० हजार २५३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये १६ लाख ५६ हजार ३४१ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दिन प्रति दिन बढ्दै गइरहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । अहिलेसम्म सङ्क्रमित मध्ये आठ हजार २०९ जना मात्रै ओमिक्रोनबाट सङ्क्रमित रहेको पाइएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या एक लाख ५१ हजार ७४० रहेको छ । एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या झण्डै एक लाख कम भएकाले दैनिक रुपमा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएको हो । 

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ५२ लाख ३७ हजार ४६१ रहेको मन्त्रालयले जनाएको छ ।  पछिल्लो एक दिनमा ३८५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या चार लाख ८६ हजार ४५१ रहेको छ ।