काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य रु ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोलाको रु ९२ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मुल्य मूल्य प्रति तोलाको रु ९२ हजार रुपैयाँ कायम गरिएको छ ।
हिजो छापावाल सुनको मूल्य प्रति तोलाको रु ९२ हजार १ सय रुपैयाँ र तेजावी सुनको मुल्य मूल्य प्रति तोलाको रु ९१ हजार ६ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै यता चाँदीको मुल्यमा प्रति तोलाको रु १२ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।








