८ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले बढ्यो



अ+ अ-

काठमाडौँ । नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार बढेर ३ लाख २२ हजार ७०० रुपैयाँ कायम भएको हो ।

यस्तै, चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ४ हजार ९७५ रुपैयाँ रहेको चाँदी सोमबार ४ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।