१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड

बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट

बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट
अ अ+ अ-

काठमाडाैँ । जगदम्बा मोटर्स प्रालिले आयोजना गरेको अपाचे रेस एक्सपेरियन्स  रेसिङ क्वालिफायर्सअन्तर्गत बुटवल क्षेत्रबाट १६० सीसी वर्गमा तीन जना राइडर ग्रान्ड फिनालेका लागि छनोट भएका छन्।

तिलोत्तमा–५ स्थित श्री गौराङ्ग इजी वे ट्रायल सेन्टर, कफी कम्पनी, मणिग्राममा शनिबार सम्पन्न क्षेत्रीय क्वालिफायर्समा धीरज बि.क. प्रथम, अभिषेक पन्थी दोस्रो र अरिक श्रेष्ठ तेस्रो भएका हुन्।

धीरजले ३४.०७ सेकेन्डमा रेस पूरा गर्दै पहिलो स्थान हासिल गर्दा अभिषेकले ३४.६२ र अरिकले ३४.८७ सेकेन्डमा रेस पूरा गरेका थिए। उनीहरूले अब ARE GP ग्रान्ड फिनालेमा बुटवलको प्रतिनिधित्व गर्नेछन्।

टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवल क्षेत्रको आधिकारिक डिलर बालाजी अटोमोबाइल्ससँगको सहकार्यमा क्वालिफायर्स आयोजना गरेको हो। प्रतियोगितामा सहभागी हुन ७६ जना राइडरले नाम दर्ता गराएपछि थप दर्ता रोकिएको आयोजकले जनाएको छ।

कार्यक्रममा पूर्व ARE GP नेपाल विजेता तथा मद्रास इन्टरनेसनल सर्किटका विजेता सुजन थापा मगर र ट्र्याक तथा टार्मेक रेसिङकी चार पटककी राष्ट्रिय च्याम्पियन नवाङ मोक्तानले सहभागी राइडरलाई प्रशिक्षण दिएका थिए। प्रशिक्षणमा राइडिङ पोस्चर, कर्नरिङ, लिनिङ, ब्रेकिङ र भिजन कन्ट्रोललगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक जानकारी दिइएको थियो।

प्रशिक्षणपछि १६० सीसी वर्गमा प्रतिस्पर्धात्मक रेस सञ्चालन गरिएको थियो। त्यसबाट उत्कृष्ट तीन राइडरलाई ग्रान्ड फिनालेका लागि छनोट गरिएको हो।

बालाजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक विशाल जैसवालले बुटवलमा कार्यक्रमप्रति प्राप्त प्रतिक्रिया उत्साहजनक रहेको बताए। ७६ जना राइडर सहभागी हुनु र थप दर्ता रोक्नुपर्ने अवस्थाले बुटवल क्षेत्रमा मोटरस्पोर्ट्सप्रतिको आकर्षण बढ्दै गएको देखाएको उनको भनाइ थियो।

ग्रान्ड फिनालेमा काठमाडौं, बुटवल, नेपालगञ्ज, इटहरी र पोखरामा भएका क्षेत्रीय क्वालिफायर्सबाट छनोट भएका उत्कृष्ट राइडरबीच प्रतिस्पर्धा हुनेछ। आयोजकका अनुसार १६० सीसी र २०० सीसी वर्गका विजेताले भारतको मद्रास इन्टरनेसनल सर्किटमा हुने अन्तर्राष्ट्रिय रेसिङ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।

उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा ५० भन्दा बढी देशका राइडर सहभागी हुने जनाइएको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने नेपाली राइडरको यात्रा तथा आवास खर्च जगदम्बा मोटर्स र टीभीएस मोटर कम्पनी भारतले व्यहोर्ने आयोजकले जनाएको छ।

बुटवल क्वालिफायर्समा सहभागी सबै राइडरलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने उत्कृष्ट तीन राइडरलाई मञ्चमा सम्मान गरिएको थियो।