१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद
अ अ+ अ-

काठमाडौं । सशस्त्र प्रहरी बलले रु १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार छलेर ल्याइएका विभिन्न सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीका अनुसार बरामद गरिएका सामान र ट्याक्टर वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । वीरगञ्ज महानगरपालिका–१६ इनर्वाबाट मोटरसाइकलमा ‘लोड’ गरी नेपालतर्फ ल्याउँदै गरेको रु दुई लाख ५१ हजार ८२० बराबरको कपडा बरामद भएको छ ।

मोटरसाइकल र ती कपडा पनि सोही कार्यालयमा बुझाइएको छ । सशस्त्रको टोलीले वीरगञ्ज महानगरपालिका–१६ भन्सार मेनगेट इलाकाबाट रु एक लाख १२ हजार ८०० बराबरको स्मार्ट टिभी र टाँगा, घोडा पनि नियन्त्रणमा दिएर सोही कार्यालयमा बुझाएको छ ।

यसैगरी, आजै भन्सार छलि गरी ल्याइएका एक लाख ७३ हजार ७१० बराबरको कपडा, हार्डवेयरका सामान, भारतबाट अवैध रुपमा चार जनाले टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेको तीन लाख बराबरको विभिन्न किसिमको कपडा, ६० लाख बराबरको एसी, चार लाख २७ हजार ३८० बराबरको विभिन्न औषधि बरामद भएको छ ।

यसैबीच, बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा आयोजित निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविरमा १०० जनाले निःशुल्क आँखा तथा दन्त परीक्षण गराएका छन् पत्रकार तिवारी यादवको पहल तथा एलएस हस्पिटल एन्ड मेडिकल कलेजको सहयोगमा आयोजित शिविरमा सहभागी स्थानीयको आँखा तथा दाँत परीक्षण गर्नाका साथै स्वास्थ्य परामर्श पनि प्रदान गरिएको थियो ।