१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’

सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाश रसाईली ‘स्नेही’ले पार्टीको १५औँ महाधिवेशनमा दलित समावेशीतर्फ सहमहामन्त्री पदमा पुनः उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

काँग्रेसको विशेष महाधिवेशनबाट दलित समावेशीतर्फ सहमहामन्त्री बन्नुभएका रसाईलीले पार्टी सभापति गगनकुमार थापाको नेतृत्वमा आफूले पुनः सोही पदमा उम्मेदवारी दिन लागेको बताउनुभएको हो ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले सभापति थापाको नेतृत्वमा काँग्रेसलाई बलियो जनमतसहितको पार्टीका रूपमा पुनः स्थापित गर्ने उद्देश्यले उम्मेदवारी दिन लागेको बताउनुभयो ।

उहाँले १५औँ महाधिवेशन काँग्रेसको आन्तरिक जीवनसँगै राष्ट्रिय राजनीतिमा देखिएका चुनौती सामना गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो । महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिनुका साथै मुलुकलाई नयाँ दिशातर्फ अघि बढाउन कोशेढुंगा सावित हुने उहाँको भनाइ छ ।

मुलुकमा देखिएको चुनौती र नागरिकमा बढेको निराशा अन्त्य गर्दै बलियो काँग्रेसमार्फत देशको समृद्धिको यात्रा अघि बढाउन महाधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।

रसाईलीले सभापति थापाको नेतृत्वमा उपसभापति विश्वप्रकाश शर्मासहित पार्टीको नेतृत्वपंक्तिसँग सहकार्य गर्दै काँग्रेसलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

उहाँले वीपी कोइरालाको नेतृत्वकालदेखि नै काँग्रेसले सबै जातजाति, वर्ग, लिङ्ग, धर्म र समुदायको प्रतिनिधित्व हुनेगरी समावेशी राजनीतिक चरित्र निर्माण गरेको उल्लेख गर्नुभयो । वर्तमान नेतृत्वले पनि नेपालको विविधता प्रतिबिम्बित हुनेगरी पार्टीको विधान र संरचना निर्माण गरेको उहाँको दाबी छ ।

‘यो महाधिवेशनबाट फेरि पनि गगन थापाकै नेतृत्वमा मैले सहमहामन्त्रीको रूपमा आफ्नो उम्मेदवारी तय गरेको छु,’ उहाँले भन्नुभयो, ‘बलियो काँग्रेस र बलियो देश तथा नेपाली जनताको समृद्धिको यात्रालाई पूरा गर्न हामी अघि बढ्नेछौँ ।’

रसाईली १४औँ महाधिवेशनमा दलित समावेशीतर्फबाट काँग्रेसको केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो । १५औँ महाधिवेशनका लागि उहाँ बझाङबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ ।