१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम

बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम
अ अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले बेकरी उत्पादन तथा बिक्री वितरणमा संलग्न २०७ जना व्यवसायी तथा कर्मचारीलाई खाद्य स्वच्छता र गुणस्तरीयतासम्बन्धी तालिम दिएको छ ।

सहरी उपभोक्ताको खानपानमा बेकरीजन्य परिकारको प्रयोग बढ्दै गएपछि महानगरपालिकाले बेकरी व्यवसायमा संलग्नलाई लक्षित गर्दै खाद्य स्वच्छता प्रवर्धन तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको हो ।

जन्मदिन, विवाह, व्रतबन्ध, पास्नी लगायतका उत्सवमा केक तथा बेकरीजन्य परिकारको प्रयोग बढ्नुका साथै बिस्कुट, कुकीज, पेस्ट्री, डोनट, पफ, स्यान्डविचलगायत खाद्य सामग्रीको उत्पादन र उपभोगसमेत बढिरहेको महानगरपालिकाले जनाएको छ ।

तालिममा कच्चा पदार्थको छनोटदेखि उत्पादन, प्रशोधन, तापक्रम नियन्त्रण, भण्डारण, प्याकेजिङ, ढुवानी तथा बिक्रीसम्म खाद्य स्वच्छता कायम गर्न अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी दिइएको थियो ।

काठमाडौं महानगरपालिकाकी फुड टेक्नोलोजिस्ट भारती अधिकारीले बेकरी उत्पादनमा गहुँको पिठो, दुग्धजन्य पदार्थ, अण्डा, बदाम, काजु र भटमासजस्ता एलर्जेन प्रयोग हुने भएकाले उपभोक्तालाई त्यसबारे स्पष्ट जानकारी दिनुपर्ने बताइन् ।

उनका अनुसार उत्पादनका क्रममा एलर्जेन एकअर्कामा मिसिन नदिनु, सही लेबलिङ गर्नु र उपभोक्तालाई आवश्यक सूचना उपलब्ध गराउनु व्यवसायीको दायित्व हो ।
उनले ओसिलो र तातो वातावरणमा बेकरी उत्पादनमा ढुसी लाग्ने जोखिम बढी हुने भएकाले पाउरोटी, केकलगायत सामग्रीलाई ओभानो, सफा र हावा आवतजावत हुने स्थानमा भण्डारण गर्नुपर्नेमा जोड दिइन् ।

तालिममा व्यक्तिगत सरसफाइ, उपकरण तथा कार्यस्थलको स्वच्छता, पानीको गुणस्तर, किट नियन्त्रण, एलर्जेन व्यवस्थापन र क्रस–कन्टामिनेसन रोकथामका विषयमा समेत व्यवहारिक जानकारी दिइएको थियो ।

प्रशिक्षक एवं खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत प्रक्षा न्यौपानेले बेकरी व्यवसायमा खाद्य स्वच्छता अनुपालनसँगै व्यवसायीको व्यापारिक जिम्मेवारीका विषयमा पनि जोड दिइएको बताइन् ।

त्यस्तै, प्रशिक्षक नवीन कर्माचार्यले बेकरी उत्पादनमा उपभोक्तालाई सही सूचना उपलब्ध गराउनु आवश्यक रहेको बताए । उनका अनुसार उत्पादनको नाम, प्रयोग गरिएका सामग्री, उत्पादन मिति, उपभोग गर्नुपर्ने अन्तिम वा ‘बेस्ट बिफोर’ मिति, ब्याच नम्बर, उत्पादकको नाम तथा ठेगाना र भण्डारण विधिजस्ता विवरण स्पष्ट रूपमा उल्लेख गर्नुपर्छ ।

तालिममा खाद्य रङ, स्वाद तथा प्रिजरभेटिभको प्रयोग, अनुमति प्राप्त पदार्थ तोकिएको मात्रामा मात्र प्रयोग गर्ने, प्रतिबन्धित रसायन प्रयोग नगर्ने तथा बेकरी उत्पादनमा ट्रान्सफ्याटको मात्रा घटाउने विषयमा समेत जानकारी दिइएको थियो । हाइड्रोजेनेटेड वनस्पति घिउको प्रयोग सकेसम्म न्यूनीकरण गर्नुपर्नेमा प्रशिक्षकहरूले जोड दिएका थिए ।

त्यसैगरी, बेकरी उत्पादनको प्याकेजिङमा खाद्य–ग्रेडका सुरक्षित सामग्री प्रयोग गर्नुपर्ने र धुलो, ब्याक्टेरिया तथा अन्य बाह्य प्रदूषणबाट खाद्य वस्तुलाई जोगाउन प्याकेजिङलाई पनि खाद्य स्वच्छताको महत्वपूर्ण पक्षका रूपमा लिनुपर्नेमा जोड दिइएको थियो ।

महानगरपालिकाले खाद्य स्वच्छतालाई अनुगमन र कारबाहीमा मात्र सीमित नगरी व्यवसायीको क्षमता अभिवृद्धिसँग जोडेर कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । यसअघि तन्दुरी तथा मध्यम भोजनालय, मिठाई पसल, मासु व्यवसाय, होटल तथा रेस्टुरेन्ट, विद्यालयका चमेना गृह, अस्पतालका भोजनालय, क्याटरिङ तथा ब्याङ्क्वेट, मौलिक तथा रैथाने खाना, दूध तथा दुग्धजन्य पदार्थ र मःम व्यवसायमा संलग्नलाई समेत खाद्य स्वच्छतासम्बन्धी तालिम दिइएको थियो । यस्ता तालिमबाट हालसम्म ३ हजारभन्दा बढी व्यवसायी लाभान्वित भएको महानगरपालिकाले जनाएको छ ।

कृषि तथा पशुपन्छी विभागको ‘स्वच्छ भान्छा’ स्वर्णिम योजनाअन्तर्गत खाद्य स्वच्छता प्रवर्धन तथा प्रमाणीकरणका लागि ‘खाद्य स्वच्छता : प्रवर्धन शिविर (फुड सेफ्टी बुट क्याम्प)’ कार्यक्रम सञ्चालन गरिएको हो । बेकरी उद्योगसम्म आइपुग्दा यो कार्यक्रमको ११औँ संस्करण पुगेको र चालु आर्थिक वर्षको यो पहिलो संस्करण रहेको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले व्यावसायिक खाद्य सेवामा खाद्य स्वच्छताको प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन भएपछि व्यक्तिको खाद्य आचरणमा समेत सुधार आउने र त्यसबाट परिवार हुँदै समुदायस्तरमा खाद्य सजगता बढ्ने अपेक्षा गरेको छ।