१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा

कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा
अ अ+ अ-

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरलानाका हुँदै शनिबार उपल्लो मुस्ताङको लोमान्थाङ आई पुग्नुभएको छ ।

(नेपाल—चीन) कोरलानाका सम्बन्धी जानकारी लिने उद्देश्यले चिनियाँ राजदूत चाङ माओमिङ कोरलानाकाबाट उपल्लो मुस्ताङको लोमान्थाङ आइपुग्नु भएको हो । यससम्बन्धी जानकारी दिँदै मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले चिनियाँ राजदूत चाङ माओमिङ कोरलानाका हुँदै मुस्ताङ आउनुभएको जानकारी दिनुभयो ।

“चिनियाँ राजदूत कोरलानाकाबाट मुस्ताङ आउनुभएको छ, भ्रमणसम्बन्धी विस्तृत जानकारी प्राप्त भएको छैन,” सिडियो शर्माले भन्नुभयो, “चिनियाँ राजदूतको सुरक्षा व्यवस्था मिलाइसकेका छौँ, उहाँ आज दिउँसो कोरलानाकाबाट लोमान्थाङ आएर बस्नुभएको छ ।”

यसैगरी, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार नेपालका लागि चिनियाँ राजदूत तीनदिने मुस्ताङ भ्रमणका लागि लोमान्थाङ आउनुभएको जानकारी दिनुभयो । चीनियाँ राजदूतसहित पाँच जना चिनियाँ टोली र दुई जना नेपालस्थित चिनियाँ दूतावासका कर्मचारी रहेको जानकारी दिनुभयो ।

कोरलानाका हुँदै मुस्ताङ आउनुभएको उक्त टोली सदस्यहरु लोमान्थाङस्थित होटल मण्डलामा बस्नुभएको प्रहरी निरीक्षक बस्यालले उल्लेख गर्नुभयो । उक्त टोली लोमान्थाङबाट जोमसोम आउने कार्यतालिका रहेको छ । चिनियाँ राजदूत चाङ माओमिङ आज बिहान लोमान्थाङबाट जोमसोम आउने जोमसोमस्थित होटल सिन्तामणि रिसोर्टमा नेपाल र चीन समकक्षीबीच कोरलानाकासम्बन्धी बैठक बस्ने जनाइएको छ ।

कोरलानाकाबाट लोमान्थाङ हुँदै जोमसोम आइसकेपछि बैठक सकेर चिनियाँ राजदुत आज पुनः लोमान्थाङ फर्किने कार्यतालिका रहेको छ । भ्रमणको तेस्रो तथा अन्तिम दिन राजदूत माओमिङ लोमान्थाङबाट कोरलानाका हुँदै चीन फर्किने योजना छ ।

नेपाल—चीन उत्तरी कोरलानाकाबाट चिनियाँ राजदूतको उच्चस्तरीय भ्रमण यो नै पहिलो भएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिनुभयो । कोरलानाकालाई पूर्ण रुपमा खोल्न र कोरलानाकाको समग्र वस्तुस्थितिको अनुगमनका लागि चिनियाँ राजदूत मुस्ताङ आउनुभएको उहाँको भनाइ छ ।

गत भदौ १० गतेको भोटेकोशी बाढीले रसुवागढी—केरुङ नाका पूर्ण रुपमा बन्द छ । यस्तै, उत्तरी चीनतर्फको तातोपानी नाका पनि पूर्ण रुपमा बन्द अवस्थामा छ । यस्तोमा नेपालका लागि—चिनियाँ राजदूतसहितको मुस्ताङ भ्रमणबारे मुस्ताङका जानकारहरुले अर्थपूर्ण रुपमा हेरिरहेका छन् । गत भदौ १० यता नेपाल—चीन उत्तरी कोरलानाका वैकल्पिक नाकाका रुपमा उभिएको छ ।

रसुवा र तातोपानी नाका बन्द भएयता मुस्ताङ भन्सार कार्यालयले दैनिक ३० करोडको हाराहारीमा राजस्व सङ्कलन गर्नमा योगदान गरेको छ । कोरलानाकालाई पूर्ण रुपमा सञ्चालन तथा अन्तरराष्ट्रिय नाकाका रुपमा व्यवस्थापन गर्ने, नाकामा देखिएका समस्या र चुनौतीको समाधान खोज्ने, कोरलानाकामा नेपाल पक्षको पूर्वाधारहरुको अवलोकन गर्ने र कोरलानाका जोड्ने सडकको अनुगमनका लागि चिनियाँ राजदूतको मुस्ताङ भ्रमण फलदायी हुने आशा गरिएको छ ।