१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन प्रचण्ड खुलामञ्च पुगे News Polar कांग्रेस सभापति थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव News Polar ‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’ News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन एमाले महासचिव पोखरेल पुगे News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन

भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह

भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह
अ अ+ अ-

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले भन्सार नियन्त्रणका नाममा सीमा क्षेत्रमा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने र दुःख दिने काम भइरहेको आरोप लगाउनुभएको छ ।

पार्टीको आइतबारदेखि सुरु भएको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले भारतबाट स्थलमार्ग हुँदै घरायसी प्रयोजनका लागि ल्याइने सामान्य सामग्रीमा समेत सरकारले भन्सार लगाउने गरेको बताउनुभयो । तर हवाईमार्गबाट आउने व्यक्तिले लाखौँ रुपैयाँका सामान ल्याउँदा सहजै ल्याउन पाउने अवस्था रहेको उहाँको आरोप थियो ।

भन्सार नियन्त्रणका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम तत्काल रोक्नुपर्ने उहाँले बताउनुभयो । सीमा सुरक्षाका नाममा तराईका सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको संख्या र क्याम्प बढाइएकोप्रति समेत असन्तुष्टि जनाउँदै साहले सीमा भारतसँग मात्रै नभई चीनसँग पनि जोडिएको स्मरण गराउनुभयो ।

सीमा सुरक्षा गर्ने हो भने हिमाली तथा पहाडी क्षेत्रमा पनि समान रूपमा सुरक्षाकर्मी परिचालन गर्नुपर्ने उहाँको भनाइ थियो । सुस्ता र कालापानीलगायतका सीमा क्षेत्रमा सुरक्षा उपस्थिति बढाउनुपर्नेमा सर्वसाधारणलाई दुःख दिने गरी तराईका नाकामा मात्रै सशस्त्र प्रहरीको संख्या र क्याम्प बढाइएको उहाँले आरोप लगाउनुभयो ।

अध्यक्ष साहले किसानको अवस्था दयनीय रहेको भन्दै सरकारले मलखाद, बजार र उत्पादनको उचित मूल्य सुनिश्चित गर्न नसकेको पनि बताउनुभयो । किसानले उखु, मकै लगायतका कृषि उपज बिक्री गरे पनि लामो समयसम्म भुक्तानी नपाउने अवस्था रहेको भन्दै उहाँले किसानको उत्पादनको बजार र उचित मूल्य सुनिश्चित गर्नु सरकारको दायित्व भएको बताउनुभयो ।

त्यस्तै, सहकारी तथा लघुवित्त पीडितसँग सरकारले गरेका सम्झौता कार्यान्वयन नभएको साहले आरोप लगाउनुभयो । सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिले सरकारप्रति जनताको विश्वास घट्दै गएको भन्दै उहाँले पीडितसँग गरिएका सम्झौता तत्काल कार्यान्वयन गर्न माग गर्नुभयो ।

अध्यक्ष साहले वर्तमान सरकारसँग रहेको दुई तिहाइको राजनीतिक शक्तिलाई जनताले अनुभूति गर्ने परिणाममा बदल्नुपर्नेमा जोड दिनुभयो । तर सरकारले आफ्नो शक्ति काम र परिणाममा देखाउन नसकेको उहाँको आरोप थियो ।

सरकारले १०० दिनमा १०० वटा काम गर्ने घोषणा गरे पनि ६ महिना बितिसक्दा ती प्रतिबद्धता पूरा हुन नसकेको उहाँले बताउनुभयो । सरकार आफैँले १०० दिनपछि गरेको कार्यसम्पादन मूल्यांकनसमेत उत्तीर्ण हुन नसकेको दाबी गर्दै साहले जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्न सरकारलाई आग्रह गर्नुभयो ।