१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल News Polar कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि लामिछाने News Polar दसैँ नजिकिएसँगै काठमाडाैँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल News Polar आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्यमा विजय सम्बाहाम्फेको उम्मेदवारी News Polar कांग्रेसको १५औँ महाधिवेशनमा खुलामञ्च भरिभराउ, शीर्ष नेताको उपस्थिति News Polar तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन प्रचण्ड खुलामञ्च पुगे News Polar कांग्रेस सभापति थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव News Polar ‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’ News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन एमाले महासचिव पोखरेल पुगे News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै

‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’
अ अ+ अ-
काठमाडाैँ । मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु रहेका पशु तथा मत्स्य विकास निर्देशनालय हेटाैँडाले जनाएको छ । हरेक वर्ष मानिसमा पाँच वटा नयाँ रोग भेटिने गरेकामा जसमध्ये तीन वटा रोग पशुबाट उत्पत्ति हुने गरेको पाइएको निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा सन्तोष घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार मानिसमा लाग्ने सङ्क्रामक रोगमध्ये ६० प्रतिशत जुनोटिक रहेका छन् । उहाँले नयाँ सङ्क्रामक रोगहरूमा ७५ प्रतिशत पशुबाट हुने गरेको जनाउँदै पशुको मासु र दूधबाट ती रोगहरू सङ्क्रमित हुने बताउनुभयो । जसका कारण मासु जाँच अनिवार्य रहेको उहाँको भनाइ छ ।
पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ र नियमावली, २०५७ कार्यान्वयन आवश्यक रहेको पशु विकास अधिकृत डा घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मानिसमा सर्ने रोग नियन्त्रणका लागि स्वच्छ मासु आवश्यक पर्छ ।” चितवनमा मात्रै दैनिक ८० देखि ९० हजार कुखुरा, ३५ गोटा भँैसी, ४०० देखि ५०० बाख्रा, २५ गोटा बङ्गुर वध हुने गरेको उहाँको भनाइ छ । यसलाई व्यवस्थित वधशालाको आवश्यक रहेको उहाँले बताउनुभयो ।
भरतपुर महानगरपालिकाका पशु सेवा शाखाका डा रविन वस्ताकोटीका अनुसार महानगरमा मात्रै ४०० भन्दा बढी वधस्थल भए पनि व्यवस्थित र जनहित अनुसारका छैनन् । तिनीहरूलाई व्यवस्थित गर्दै स्वच्छ मासुको खपत वढाउन आवश्यक रहेको उहाँले बताउनुभयोे ।
अहिले सबै मासु पसलहरुलाई सरसफाइको कुरा मात्रै गर्दै आएको बताउँदै उहाँले अब ऐन कार्यान्वयन गर्दा कोलचेन (मासु राख्ने कोठाको तापक्रम) समेतका कुराहरुमा ध्यान दिन जरुरी रहेको बताउनुभयो । यस नियमावलीले मासु बिक्री गर्दा छालारहित मात्र बिक्री गर्न भनेको उहाँले जानकारी दिनुभयो ।
पशु सेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपानेले ऐन कार्यान्वयनमा लैजान स्थानीय तह सक्रिय रूपमा लाग्नुपर्ने बताउनुभयो । दसैँ अघिनै ऐन कार्यान्वयनमा ल्याउने गरी कामलाई अघि बढाउन स्थानीय तहलाई उहाँले आग्रह गरिएको बताउनुभयो । पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ र नियमावलीले दिएको अधिकार प्रयोग गरी आम जनतालाई स्वच्छ मासु खुवाउनु पर्ने उहाँको भनाइ छ ।
पशुको स्रोत, स्वास्थ्य अवस्था, वध र मासु ढुवानी तथा भण्डारण अनियन्त्रित हुनु, जथाभावी पशु वध गर्ने, मरेका वा बिरामी पशुपन्छीको मासु बिक्री गर्ने, सडेगलेका मासु बिक्री गर्ने गर्दा मानिसमा रोगको सङ्क्रमण फैलने गरेको उहाँले जानकारी दिनुभयो । मिसावट गर्ने, छाला हड्डी लगायतका उपपदार्थ जथाभावी फाल्ने, फ्रिजभन्दा बाहिर धेरै मासु राख्नेलगायत कामले स्वच्छ मासु पाउन मुस्किल हुने गरेकाले ऐन र नियमावली कार्यान्वयनमा ल्याउन लागिएको उहाँको भनाइ छ ।