१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई News Polar भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे News Polar राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्छ : भण्डारी News Polar विदेशी राजनीतिक दल र नेताबाट कांग्रेस महाधिवेशनलाई शुभकामना News Polar स्थानीय तहमै पुगेर युवालाई रोजगारीसँग जोड्दै सीप तथा रोजगार मेला News Polar दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न News Polar बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने News Polar घिमिरेको प्रश्न– ‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्यौँ त ?’ News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल News Polar कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि लामिछाने News Polar दसैँ नजिकिएसँगै काठमाडाैँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल News Polar आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्यमा विजय सम्बाहाम्फेको उम्मेदवारी News Polar कांग्रेसको १५औँ महाधिवेशनमा खुलामञ्च भरिभराउ, शीर्ष नेताको उपस्थिति News Polar तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन प्रचण्ड खुलामञ्च पुगे News Polar कांग्रेस सभापति थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव News Polar ‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल

काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको १५औँ ऐतिहासिक महाधिवेशन केवल पद र नेतृत्व व्यवस्थापन गर्ने माध्यम नभई आत्मसुधार, पुनर्जागरण र नीतिगत पुनर्संरचनाको थलो बन्नुपर्ने बताउनुभएको छ ।

काठमाडौंको खुलामञ्चमा आइतबारदेखि सुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै भुसालले जनतामाझ गुम्दै गएको विश्वास फर्काउन र नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न कांग्रेसले निर्मम आत्मसमीक्षा गर्नुपर्ने बताउनुभयो ।

उहाँले लामो समयदेखि लोकतन्त्रका लागि संघर्ष गर्दै आएको ऐतिहासिक शक्ति भएकाले कांग्रेसको वर्तमान र भविष्यको स्पष्ट मार्गचित्र कोर्ने दायित्व यसै महाधिवेशनको काँधमा रहेको बताउनुभयो ।

भुसालले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई थप समावेशी र संस्थागत बनाउन तथा केन्द्रीय तहका निर्णयलाई पारदर्शी बनाएर तल्लो तहसम्म पुर्‍याउन महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो ।

मुलुकको जनसङ्ख्यामा ठूलो हिस्सा ओगट्ने नयाँ पुस्ताले सुशासन, रोजगारी र भ्रष्टाचारमुक्त समाज खोजिरहेको उल्लेख गर्दै उहाँले उनीहरूको सपना र भरोसालाई सम्बोधन गर्नेगरी कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

संविधान, कानुनी शासन र मानवअधिकारविपरीत हुने कुनै पनि अलोकतान्त्रिक अभ्यास कांग्रेसलाई स्वीकार्य नहुने स्पष्ट पार्दै भुसालले बीपी कोइरालाको लोकतान्त्रिक समाजवाद र राष्ट्रियताको सिद्धान्तलाई महाधिवेशनको मूल मर्म बनाउनुपर्ने बताउनुभयो ।

उहाँले महाधिवेशनलाई केवल पद प्राप्ति वा पद व्यवस्थापनका लागि हुने सामान्य भेला नभई कांग्रेसको वर्तमान र भविष्यबारे चिन्तन, संवाद र आत्मसमीक्षा गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताउनुभयो ।

भुसालले महाधिवेशनपछि जनताको विश्वास अझ बढाउन गाउँ–गाउँमा जाने ऊर्जा र प्रतिबद्धता पार्टीसँग छ कि छैन तथा आन्तरिक लोकतन्त्रलाई थप लोकतान्त्रिक, समावेशी र सुदृढ बनाउन पार्टी तयार छ कि छैन भन्ने प्रश्नको जवाफ महाधिवेशन प्रतिनिधिहरूले खोज्नुपर्ने धारणा राख्नुभयो ।

मुलुकको जनसङ्ख्यामा महिलाको हिस्सा ५१ प्रतिशत रहेको स्मरण गराउँदै उहाँले आन्दोलन, निर्वाचन र समाज सञ्चालनमा महिलाले आफ्नो सामर्थ्य प्रमाणित गरिसकेको बताउनुभयो । अब पार्टी र राज्यको नीति निर्माण तहमा महिलाको निर्णायक उपस्थिति सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।