१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई News Polar भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे News Polar राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्छ : भण्डारी News Polar विदेशी राजनीतिक दल र नेताबाट कांग्रेस महाधिवेशनलाई शुभकामना News Polar स्थानीय तहमै पुगेर युवालाई रोजगारीसँग जोड्दै सीप तथा रोजगार मेला News Polar दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न News Polar बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने News Polar घिमिरेको प्रश्न– ‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्यौँ त ?’ News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल News Polar कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि लामिछाने News Polar दसैँ नजिकिएसँगै काठमाडाैँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल News Polar आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्यमा विजय सम्बाहाम्फेको उम्मेदवारी News Polar कांग्रेसको १५औँ महाधिवेशनमा खुलामञ्च भरिभराउ, शीर्ष नेताको उपस्थिति News Polar तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्छ : भण्डारी

राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्छ : भण्डारी
अ अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारीले राजनीतिलाई केवल पद प्राप्त गर्ने माध्यमका रूपमा नभई समाज र राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्ने बताउनुभएको छ ।

आइतबार काठमाडौंमा आनन्दप्रसाद पोखरेलद्वारा लिखित ‘जीवनी, विचार, संघर्ष र नेतृत्व’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै भण्डारीले विगतमा राजनीतिक दल तथा नेताहरूले गरेको संघर्ष र अनुभवले राजनीतिलाई जिम्मेवारीका रूपमा बुझ्नुपर्ने पुष्टि गरेको बताउनुभयो ।

उहाँले नयाँ पुस्तामा राजनीति र सार्वजनिक जीवनप्रति चासो बढेसँगै विभिन्न प्रश्न र असन्तुष्टि पनि देखिएको उल्लेख गर्दै नयाँ र पुरानो पुस्ताबीचको संवाद अहिलेको महत्वपूर्ण आवश्यकता भएको बताउनुभयो ।

पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा एकअर्काका विकल्प नभएको उल्लेख गर्दै भण्डारीले दुवै पुस्ताको अनुभव र ऊर्जाको उचित संयोजनबाट राजनीतिक तथा सामाजिक जीवनलाई थप गतिशील र समावेशी बनाउन सकिने बताउनुभयो ।

उहाँले अहिलेको पुस्ताले विगतका राजनीतिक संघर्ष र परिवर्तनका प्रक्रियालाई प्रत्यक्ष अनुभव गर्न नपाएको बताउँदै निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्धको संघर्ष, २०४६ सालको जनआन्दोलन, त्यसपछिका राजनीतिक परिवर्तन, संसदीय अभ्यास, संविधानसभा र संविधान निर्माणसम्मको यात्राबारे नयाँ पुस्तालाई जानकारी गराउनुपर्नेमा जोड दिनुभयो ।

राजनीतिक इतिहासलाई घटनाहरूको सूचीका रूपमा मात्र नभई मानिसका अनुभव, संघर्ष र निर्णयसँग जोडेर बुझ्नुपर्ने उहाँको भनाइ थियो । पोखरेलद्वारा लिखित पुस्तकले एक व्यक्तिको राजनीतिक जीवनसँगै एउटा पुस्ताको राजनीतिक अनुभव तथा सामाजिक–राजनीतिक यात्राका महत्वपूर्ण पक्षलाई समेट्ने प्रयास गरेको उहाँले बताउनुभयो ।

भण्डारीले अहिलेको पुस्तामा राजनीतिप्रति देखिएको चासो र असन्तुष्टिलाई सम्बोधन गर्न विगतका राजनीतिक आन्दोलन तथा संघर्षबारे ज्ञान हस्तान्तरण गर्ने गरी अझै धेरै पुस्तक लेखिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।