काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ खुलामञ्च पुगेका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन प्रचण्ड आइतबार काठमाडौंको खुलामञ्च पुगेका हुन् ।
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह अहिले खुलामञ्चमा भइरहेको छ । महाधिवेशनमा सहभागी हुन विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू खुलामञ्च पुग्ने क्रम जारी छ ।
महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ । तालिकाअनुसार आज उद्घाटन सत्र, असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन प्रक्रिया सञ्चालन हुनेछ।