काठमाडौं । नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार घटेर ३ लाख ६ हजार ६०० रुपैयाँ कायम भएको छ।
यस्तै, चाँदीको मूल्य भने सोमबार स्थिर रहेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ।









