२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य

कोरोनाभाइरस महामारी फैलिए पनि कसरी बढ्यो नेपाल आउने रेमिट्यान्स ?

कोरोनाभाइरस महामारी फैलिए पनि कसरी बढ्यो नेपाल आउने रेमिट्यान्स ?
अ अ+ अ-

काठमाडौं । कोरोनाभाइरस महामारी फैलिएको भए पनि यसपालि अघिल्लो वर्षको तुलनामा झन्डै ११ प्रतिशतले विप्रेषण वृद्धि भएको तथ्याङ्कले देखाएको छ। यसबाट वैदेशिक रोजगारीको क्षेत्र तत्काल कोभिड-१९ को ठूलो जोखिममा नरहेको देखिएको अधिकारी तथा विज्ञहरूको धारणा छ।

नेपाल राष्ट्र ब्याङ्कले आर्थिक वर्ष २०७७/७८ को पहिलो पाँच महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.९ प्रतिशतले विप्रेषण आप्रवाह वृद्धि भएको प्रतिवेदन बुधवार सार्वजिनक गरेको थियो।

उक्त प्रतिवेदनका अनुसार पाँच महिनामा नेपालमा प्राप्त रेमिट्यान्स ४१६ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। कोरोनाभाइरसको महामारी देखा परेयता झन्डै एक लाख ९७ हजार नेपाली कामदार विभिन्न देशबाट फर्किएको वा उनीहरूको उद्धार गरिएको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

विप्रेषण वृद्धिको कारण के हो ?

नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता गुणाकर भट्ट कोभिड-१९ को महामारीसँगै लगाइएको लकडाउन सहितका सन्दर्भलाई जोडेर विप्रेषण वृद्धिलाई हेरिनुपर्ने बताउँछन्। उनले भने, “कोभिड – १९ को महामारीपछि सीमामार्फत् हुने आवतजावतलाई व्यवस्थित बनाउने काम भयो र उडानहरू पनि भएनन्।

त्यसले गर्दा अनौपचारिक किसिमका व्यापार र कारोबार निरुत्साहित भएको देखिन्छ। विगतमा अनौपचारिक व्यापारमा रेमिट्यान्स प्रयोग भएको कुरा आउँथ्यो। त्यो अहिले औपचारिक प्रणालीबाट आएको र त्यसले रेमिट्यान्सलाई बढाउन भूमिका खेलेको देखिएको छ।”

त्यसअघि सुन खरिद, हुन्डीबाट हुने कारोबार लगायतमा रेमिट्यान्स प्रयोग गर्ने गरिएका विवरण आउने गरेका थिए। प्रवक्ता भट्टका अनुसार मानिसहरूले विदेशबाट फर्किँदा ल्यापटप, फोनजस्ता सामान पनि रेमिट्यान्स भित्र्याउने गरेको भए पनि उडानहरू अवरुद्ध भएपछि रकम नै पठाउने क्रम बढ्यो।

उनले थपे, “हाम्रा श्रमिकहरूले काम गर्ने गन्तव्य देशहरूमा कोभिड-१९ महामारीपछि अर्थतन्त्र प्रभावित भएको छ। तर उत्पादनका क्षेत्रहरूमा कामहरू अघि बढि नै रहेको छ। त्यो हुँदा उत्पादनका क्षेत्रमा काम गर्नुपर्ने कामदारहरूले जागिर गुमाउनुपरेन। 

त्यही भएर ठूलो परिमाणमा मानिसहरू घर फर्किन्छन् र हाम्रो रेमिट्यान्स घट्छ भन्ने जुन हाम्रो आशङ्का थियो त्यो भएन।” अहिले भारतबाहेक अन्य देशमा ३२ लाख नेपाली श्रमिकहरू रहेको अधिकारीहरूको अनुमान छ। कोरोनाभाइरसको महामारीका कारण प्रवासमा रहेका झन्डै २० प्रतिशत नेपालीले रोजगारी गुमाउन सक्ने आकलन एउटा अध्ययनले गरेको थियो।

अक्टोबर महिनामा विश्व ब्याङ्कले सार्वजनिक गरेको एउटा प्रतिवेदनले सन् २०२१ मा विप्रेषण प्रवाह कोरोनाभाइरसको महामारीभन्दा अघिको समयको तुलनामा १४ प्रतिशतले घट्न सक्ने प्रक्षेपण गरेको थियो। त्यसमा सन् २०२० मा दक्षिण एशियामा आउने विप्रेषण लगभग चार प्रतिशतले घट्ने उल्लेख गरिएको थियो।

विज्ञहरू के भन्छन्र ?

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाल औपचारिक संयन्त्रहरूबाट विप्रेषण आएको र श्रमिकहरूले आफ्नो सञ्चित रकमहरू पठाएको कारण विप्रेषण बढेको हुनसक्ने ठान्छन्। महामारीका कारण झन्डै सात लाख नेपाली स्वदेश फर्किन सक्ने आकलन गरिएको भए पनि त्यति ठूलो सङ्ख्यामा मानिसहरू नफर्किएको जानकारी उनले दिए।

उनी भन्छन्, “हामीले ६० प्रतिशत मानिसहरू कोभिडका कारण फर्किने र ४० प्रतिशत मानिसहरू आफ्नो नियमित आवतजावतअन्तर्गत घर फर्किने र प्रवेशाज्ञाको अवधि सकिएर वा करार सकिएर फर्किने ठानेका थियौ। अब बिस्तारै जाने क्रम पनि बढ्छ।”

उनका अनुसार विगतमा दैनिक रूपमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १,२०० रहेको थियो भने फर्किनेको सङ्ख्या ७०० थियो। राष्ट्र ब्याङ्कको प्रतिवेदनले यो आर्थिक वर्षको पहिलो पाँच महिनामा नयाँ श्रम स्वीकृति लिने संस्थागत र व्यक्तिगत सङ्ख्या दुईतिहाइभन्दा बढीले घटेको देखाएको छ।

श्रम स्वीकृति नवीकरण गरेर पुनस् विदेश जान आउनेको सङ्ख्या लगभग ७० प्रतिशतले घटेको उक्त प्रतिवेदनमा उल्लेख छ। आप्रवासनका बारेमा अध्ययन गर्ने राजधानीस्थित एउटा संस्था सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटीका अनुसन्धान संयोजक अर्जुन खरेलका अनुसार गन्तव्य देशहरूमा लकडाउन भएको अवधिमा रेमिट्यान्स घटेको थियो र कतिपय कामदारहरू ज्याला नलिईकनै नेपाल फर्किएका थिए।

उनले भने, “हामीले १०० भन्दा बढीमा गरेको एउटा सर्वेक्षणमा ज्याला नलिएरै फर्किनेको सङ्ख्या झन्डै एकतिहाइजति नै थियो। सुरुमा पैसा नपाएको वा त्यहाँ नै बसेका कामदारहरूलाई कम्पनीले पैसा दिएर उनीहरूले केही रकम पठाएको पनि हुनसक्छ।”

उनले थपे, “घर बिदामा आउने मानिसहरूको सङ्ख्या पनि घटेको छ। हाम्रो वैदेशिक रोजगारीमा रहेको सङ्ख्या उल्लेख्य रूपमा घटेको छैन। करार सकिएका व्यक्ति पनि थपेर बस्न थाले। त्यही भएर सुरुमा पाँच लाखर छ लाख नेपाली फर्किन्छन् भनेर गरिएको अनुमान सही साबित भएन।”

उनका अनुसार विगतमा बिदामा आएर तिहारपछि भारतमा फर्किने गरेका नेपाली श्रमिक यो पालि चाँडै फर्किएकाले पनि त्यसले रेमिट्यान्स बढाउन भूमिका खेलेको हुनसक्छ।

अब बढ्ला कि घट्ला ?

अनुसन्धानकर्ता खरेल नेपाली श्रमिक रहेका देशमा कोभिड-१९ ले आगामी दिनमा पार्न सक्ने प्रभावले भावी दिनमा हुने रेमिट्यान्स प्रवाहलाई निर्धारण गर्ने ठान्छन्। उनका अनुसार नयाँ खालको भाइरस आएर लकडाउन गर्नुपर्ने अवस्था आएको खण्डमा विप्रेषणमा नकारात्मक असर पर्न सक्छ।

तर पछिल्लो समयमा कोरोनाभाइरसको खोप उपलब्ध भइसकेको र ठूलो सङ्ख्यामा नेपाली कामदार रहेका खाडी देशहरूको आर्थिक सामर्थ्य बलियो रहेकाले उनीहरूले खोप अभियानलाई प्राथामिकता दिएर सञ्चालन गर्न सक्ने उनी ठान्छन्। नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता भट्ट चाहिँ अन्तर्राष्ट्रिय निकायहरूले नै कोरोनाभाइरसका कारण सुस्ताएको अर्थतन्त्र पुनस् तङ्ग्रिन थालेको विश्लेषण गरिरहेकाले तत्काल नकारात्मक असर नपर्ने विश्लेषण गर्छन्।

उनले भने, “पछिल्लो समयमा विश्व व्याङ्कले पनि संसारको अर्थतन्त्र चार प्रतिशतले विस्तार हुन्छ भन्ने अनुमान गरेको छ। कतारमाथि लागेको नाकाबन्दी फिर्ता भएको छ र त्यहाँ विश्वकप फुटबल हुन गइरहेको छ। यसले गर्दा त्यहाँ अर्थतन्त्र विस्तार हुन्छ र कामदारको माग बढ्छ भन्ने हामीले ठानेका छौँ।”

ज्यानुअरी महिनाको आफ्नो आर्थिक प्रक्षेपणमा विश्व व्याङ्कले कोभिड-१९ विरूद्धका खोप प्रयोगमा ल्याइएसँगै सन् २०२१ मा अर्थतन्त्र चार प्रतिशतले विस्तार हुने उल्लेख गरेको थियो।

तर महामारीलाई नियन्त्रण गर्न र लगानी वृद्धि गर्न सुधारका कदमहरू नीति निर्माताहरूले चाल्न नसके उक्त लक्ष्य पूरा नहुने उसले चेतावनी दिएको थियो। बीबीसी