२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य

पिएमकप क्रिकेट : एपिएफले प्रदेश १ लाई हरायो

पिएमकप क्रिकेट : एपिएफले प्रदेश १ लाई हरायो
अ अ+ अ-

काठमाडौं । विकेटकिपर आशिफ शेखले अर्धसतकीय इनिङ्स खेल्दा विभागीय टोली एपिएफले राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।  

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा एपिएफले प्रदेश नं १ लाई १ सय ३५ रनले हराउँदा प्रतियोगितामा विजयी सुरुआत गरेको हो । २ सय ४४ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको प्रदेश नं १ खुलेर ब्याटिङ गर्न सकेन । बलियो एपिएफका बलर सामु प्रदेश १ निरिह बन्न पुगेको थियो । ओपनरद्वय दिपक पासवान र मिनास थापाले क्रमश १३ र १८ जोडे । फिर्दोसले १७ रनको पारी खेल्दा दिपेश कंडेलले १६ रन जोड्दा जोशक खड्का १२ रनमा नटआउट रहे प्रदेश १ का ६ ब्याट्स म्यानले दोहोरो अंक जोड्न सकेनन् ।

प्रदेश १ लाई सस्तैमा समेट्ने क्रममा अभिनास बोहोराले सर्वाधिक ३ विकेट हात पार्दा कमल ऐरी, किशोर महतो र भुवन कार्कीले समान २/२ विकेट आफ्नो नाममा लेखाए । कप्तान शरद भेषवाकरले एक विकेट हात पारे ।

यस अघि टस हारे पहिला ब्याटिङको निम्तो पाएको विभागीय टोली एपिएफले ४८.४ ओभरमा सबै विकेट गुमाएर २ सय ४३ रन जोड्न सफल भएको थियो । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको खेल मैदानमा एपिएफका लागि ओपनरद्वय आशिफ शेख र सुवास खकुरेलले ७१ रनको सर्वाधिका साझेदारी गरे । आशिफले ५९ रनको अर्धशतकीय इनिङ खेले  । आक्रामक ब्याटिङ गरेको आशिफले ३२ बलमा ६ चौका र ५ छक्का प्रहार गरेका थिए ।

आशिफलाई साथ दिएका सुबासले ४१ बलमा १९ रन जोडेर पेभेलियन बाटो फर्किँदा कप्तान शरद भेसावकरले ३९ बलको समाना गर्दै २० को योगदान गरे । प्रदीप ऐरीले ७ रन बनाउन १४ बलको सामना गर्दा एक चौका प्रहार गरे । यस्तै सुमित महर्जन २० बलमा १ चौकासहित १४ रन बनाएर आउट हुँदा सन्दीप जोराले ३९ बलमा चार चौकासहित ३० रन जोडे । बसन्त रेग्मीले ५२ बलमा चार चौका र दुई छक्कासहित ४० तथा भुवन कार्कीले ७, कमल ऐरीले ५, किशोर महतो २३ बलमा २ चौकासहित १९ रनको पारी खेले । अविनाश बोहरा ६ रनमा अविजित रहे ।

प्रदेश नम्बर १ का लागि दिपेश कँडेलले १० ओभरमा १ मेडनसहित २९ रन खर्चिएर दुई विकेट लिए । त्यस्तै हेमन्त राईले १० ओभरमा १ मेडनसहित ३४ रन खर्चिएर दुई विकेट लिए । त्यस्तै  श्रावण यादवले ६ ओभरमा २६ रन दिएर २ विकेट लिएका थिए । फिर्दोअन्सारीले १० ओभरमा ४० रन खर्चिएर २ विकेट लिँदा जोशक खड्काको नाममा एक विकेट रह्यो ।

प्रतियोगितामा आइतबार दुई खेल हुनेछन् । मूलपानी क्रिकेट मैदानमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कर्णालदी प्रदेशसँग प्रतिस्पर्धा गर्दा कीर्तिपुरको त्रिवि मैदानमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले बाग्मती प्रदेशसँग खेल्ने छ । नेपाल क्रिकेट संघको आयोजनामा तीन विभागीय र सात प्रदेशका टोलीबीच प्रतिस्पर्धा भइरहेको प्रतियोगिता माघ १० गते सम्म सञ्चालन हुने छ ।