४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप २६६ जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौँ । आईतबार २६६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । गत २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट उनीहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ३ सय २२ संक्रमितको संख्या पुगेको छ ।

यस्तै आईतबार थप ४०० जना कोरोना संक्रमणबाट निको भएरसँगै निको हुनेको संख्या २ लाख ६१ हजार ४ सय ४४ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ३ हजार ९ सय १९ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख १२ हजार ४ सय ५२ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २२१ रहेको छ । 

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९५९ जना रहेको छ ।