• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo

जनता समाजवादीले ओखलढुंगामा बाजी मार्यो, गम्बु शेर्पा खिजिदेम्बाबाट विजयी



ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेद्वार गम्बु शेर्पा निर्वाचित हुनु भएको छ । उहाँले २ हजार ८८२ मत प्राप्त गर्नु भएको निर्वाचन कार्यालयले जनाएको छ ।

शेर्पाका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका भुपेन्द्र बस्नतेले २ हजार ७५२ मत प्राप्त गर्नु भएको छ ।

उपाध्यक्षमा नेपाली काँग्रेसकी सुशिला तामाङ विजयी हुनु भएको छ । उहाँले २ हजार ८२४ मत प्राप्त गर्नु भएको छ ।

जसपाबाट अध्यक्षका उम्मेद्वार गम्बु शेर्पा गायक समेत हुनुहुन्छ । उहाँ एक दशक भन्दा बढी समय अमेरिका बसेर फर्किनुभएको थियो ।