४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

काभ्रेमा स्थानीय बजेट : जिपलाइनदेखि केबुलकारसम्मका योजना

काभ्रेमा स्थानीय बजेट : जिपलाइनदेखि केबुलकारसम्मका योजना
अ+ अ-

काभ्रेका स्थानीय तहले नगर/गाउँ अधिवेशनमार्फत आगामी आर्थिक वर्ष २०७९/८० का लागि आ–आफ्ना नीति, कार्यक्रम प्रस्तुत गरिसकेका छन् । अधिकांश तहले कार्यक्रमसहित अनुमानित बजेटसमेत सार्वजनिक गरेका छन् भने केहीले बजेट निर्माणबारे छलफलको चरणमै रहेको जनाएका छन् ।

अधिकांश स्थानीय तहले पुरानै कार्यक्रम स्वास्थ्य, शिक्षा, युवा, महिला तथा बालबालिका, अपाङ्ग, जेष्ठ नागरिक, सामाजिक सुरक्षा र सामाजिक समावेशीतातर्फसँगै पूर्वाधारअन्तर्गत खानेपानी तथा सरसफाइ, सडक, भवन आवास तथा सहरी, पर्यटन, कृषि, पशु, सहकारी, वन वातावरण तथा विपद् व्यवस्थापन, गरिबी न्यूनीकरण तथा रोजगारी तथा उद्यम विकास, सूचना, सञ्चार तथा प्रविधि, सेवा प्रवाह, संस्थागत विकास तथा सुशासन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध, राजस्व परिचालन र सार्वजनिक सम्पत्तिको संरक्षण तथा व्यवस्थापनलगायतका विषयमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । केही तहले पूर्वाधार निर्माणमा फड्को मार्ने खालका कार्यक्रम सार्वजनिक गरेका छन् ।

मण्डनदेउपुर नगरपालिकाले आगामी आवमा पर्यटनतर्फ साहसिक खेलपर्यटन जिपलाइन निर्माण गर्ने जनाएको छ । नगरप्रमुख टोकबहादुर वाइवाद्वारा शुक्रबार प्रस्तुत कार्यक्रममा नगरको उच्च भागमा रहेको पर्यटकीयस्थल नगरकोटलगायत सुलिकोट, बह्मायणी, देवीस्थान, ठूलीचौर र चुरीथुम्कामा क्रमशः जिपलाइन निर्माण गर्ने नीति, कार्यक्रममा उल्लेख गरिएको छ । नगरले आगामी आवका लागि रु एक अर्ब एक करोड ९३ लाख ७२ हजार २३५ को अनुमानित बजेट प्रस्तुत गरेको छ ।

यसैगरी बेथानचोक गाउँपालिकाले भने काभ्रेपलाञ्चोककै उच्चस्थान बेथानचोक नारायणस्थान मन्दिरस्थित डाँडासम्म केबुलकार सञ्चालन गर्ने आफ्नो नीति, कार्यक्रममा उल्लेख गरेको छ । यसका लागि आगामी आर्थिक वर्षको सुरुआतमै सम्भाव्यता अध्ययन गर्ने अध्यक्ष भगवान अधिकारीले बताउनुभयो । गाउँपालिकाले आगामी आवका लागि रु ५९ करोड ११ लाख ३९ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

चौँरीदेउराली गाउँपालिकाले भने आगामी आवदेखि सशस्त्र जनयुद्ध र जनआन्दोलनका शहीद तथा बेपत्ता पारिएका परिवारलाई मासिक रु तीन हजार नगद दिने भएको छ । शुक्रबार गाउँपालिकाको दशौँ गाउँसभामा अध्यक्ष रेणुका चौलागाईँद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा उक्त सहयोग उल्लेख गरिएको छ । पालिकाले यसअघि मासिक रु दुई हजार दिँदै आएको थियो । उसले बजेट निर्माणको चरणमै रहेकाले बुधबार सार्वजनिक गर्ने जनाएको छ ।

यस्तै बनेपा नगरले आफ्नो नीति तथा कार्यक्रममा स्वामित्वको बसपार्कमा नगर विकास कोषसँगको लागत सहभागितामा बहुतले सवारी पार्किङस्थल निर्माण गरी पार्किङ व्यवस्थापन गर्ने जनाएको छ । नगरप्रमुख शान्तिरत्न शाक्यद्वारा प्रस्तुत कार्यक्रममा नगरको आय अभिवृद्धि गर्ने, आन्तरिक आयको दिगो अभिवृद्धिका लागि नगरको स्वामित्वमा रहेका सम्पत्ति बहालमा वा लिजमा दिनेलगायत आन्तरिक आयलाई प्रभावकारी बनाउन उद्योग वाणिज्य सङ्घ, सहकारी संस्था तथा अन्य सरोकारवाला व्यावसायिक क्षेत्रसँगको सहकार्यलाई अझ प्रभावकारी बनाइने नीतिमा उल्लेख गरिएको छ । नगरले आगामी आवका लागि कूल रु एक अर्ब ५५ करोड २४ लाखको अनुमानित बजेट सार्वजनिक गरेको हो ।

नमोबुद्ध नगरले बर्सेनि अभाव हुने रासायनिक मलको आपूर्तिलाई सुनिश्चित गर्न आगामी आवमा कृषि सहकारीसँगको समन्वयमा ‘मल बैंक’को स्थापना गर्ने नीति, कार्यक्रममा जनाएको छ । भम्लु गाउँपालिकाले पुराना कार्यक्रमलाई निरन्तरता दिँदै कृषि क्षेत्रलाई प्राथमिकता राखी रासायनिक मलको अभावलाई व्यवस्थापन गर्न प्राङ्गारिक खेती प्रणालीमा जैविक विषादीप्रति आकर्षणको प्रक्रिया अगाडि बढाइने जनाएको छ । त्यस्तै गाउँमा नै ‘मिनरल वाटर’को उद्योग सञ्चालन गर्ने, स्थानीय उत्पादनको उद्योग पकेट क्षेत्र निर्धारण गर्ने तथा ब्राण्डिङ गर्ने साथै स्थानीय मदिरालाई ब्राण्डिङ गरेर बजारको पहुँचसम्म पु¥याउनेलगायतको योजना नीति, कार्यक्रममा समावेश गरेको छ ।

काभ्रेमा छ नगरपालिका र सात गाउँपालिका छन् । छ नगरले नीति, कार्यक्रमसँगै बजेट पनि सार्वजनक गरेका छन् । सात गाउँपालिकामध्ये तीन तेमाल, भुम्लु र चौँरीदेउरालीले बजेट निर्माणबारे छलफल भइरहेको जनाएका छन् ।