१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुढीगंगामा प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) ले बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा विजयी भएका छन् । एमालेबाट प्रमुखका लागि उम्मेदवार बनेका रामबहादुर बानियाँ विजयी बनेका हुन् । उहाँका प्रत्याशी नेपाली कांग्रेसका उम्मेदवार रंगबहादुर खाती रहनु भएकाे थियाे ।

त्यस्तै उपप्रमुख पदमा पनि एमालेबाटै मायाकुमारी खड्का विजयी बनेकी छन् ।

मतगणनाअनुसार १० वटा वडामध्ये ७ वडाध्यक्षसहित एमालेका उम्मेदवार विजयी भएका हुन् । नेपाली कांग्रेसले ३ वटा वडा जितेको छ । वडा नम्बर १, २, ३ , ५, ७ ९, र १० मा एमाले ४, ७ र ८ को अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भए ।

मेयरमा एमालेका रामबहादुर बानियाँले ४ हजार ७७७ मत पाउँदा कांग्रेसका रंगबहादुर खातीले ३ हजार ७७३ मत ल्याए। त्यस्तै

उपमेयरमा एमालेकी मायाकुमारी खड्का ४ हजार ७२७ मतसहित विजयी भइन् भने कांग्रेसकी रिता शाहीले ३ हजार ७५५ मत ल्याइन् ।

बुढीगंगामा कूल नौ हजार ११७ मत खसेको थियो ।