काठमाडौँ । बजारमा अण्डाको मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले बुधबारदेखि लागू हुने गरी अण्डाको मूल्य बढाएको हो।
संघका सचिव मदन पोखरेलका अनुसार अण्डाको मूल्य प्रतिक्रेट १० देखि १५ रुपैयाँसम्म बढाइएको छ। नयाँ मूल्यअनुसार उपभोक्ताले ठूलो अण्डा प्रतिगोटा २५ रुपैयाँ र मिडियम अण्डा दुई गोटाको ४५ रुपैयाँमा खरिद गर्नुपर्नेछ।
संघले एक्सएल अर्थात् सबैभन्दा ठूलो आकारको अण्डाको डिपो तथा डिलर मूल्य प्रतिपेटी ४ हजार ३०० रुपैयाँ निर्धारण गरेको छ। त्यस्तै, ठूलो आकारको अण्डाको डिपो तथा डिलर मूल्य प्रतिपेटी ४ हजार २०० रुपैयाँ तोकिएको सचिव पोखरेलले जानकारी दिए।
नयाँ मूल्यअनुसार एक्सएल अण्डाको खुद्रा मूल्य क्रेटको ६१५ रुपैयाँ पुगेको छ। मिडियम अण्डाको मूल्य प्रतिक्रेट ६०० रुपैयाँ तोकिएको संघले जनाएको छ।








