१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुढीगंगा नगरपालिकाको मतगणना सुरु



अ+ अ-

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका नेतृत्वका लागि बिहीबार सम्पन्न मतदानको गणना सुरू भएको छ ।

आजै बिहान सर्वदलीय बैठक बसेको थियो । उक्त बैठकपछि वडा नम्बर ५ मा रहेको भानोदय माविमा मत गन्न थालिएको हो ।

वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगले बुढीगंगामा पुनः मतदान गराउने निर्णय गरेको थियो ।

बिहीबार सम्पन्न निर्वाचनमा ६६.८३ प्रतिशत मत खसेको थियो । एमालेबाट प्रमुखको उम्मेदवारमा रामबहादुर बानिया र गठबन्धनबाट रंग खाती रहेका छन् ।

उपप्रमुखमा एमालेबाट मनाकुमारी खड्का र गठबन्धनबाट रिता शाही चुनावी मैदानमा छन् ।