९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो

चुनावको तुफानी दौड, स्टार प्रचारकबीच आरोप–प्रत्यारोप

चुनावको तुफानी दौड, स्टार प्रचारकबीच आरोप–प्रत्यारोप
अ अ+ अ-

काठमाडौंः संघीयता कार्यान्वयन पछिको दोस्रो संसदीय निर्वाचनको सङ्घारमा मुलुक आइपुगेको छ । अर्थात् आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाका लागि मतदान हुँदैछ । चुनावको मिति नजिकिएसँगै प्रमुख दलका शीर्ष नेताहरु र स्वतन्त्र उम्मेदवारहरु चुनावी प्रचारमा दिनरात खटिन थालेका छन् ।

जीवन्त लोकतन्त्रमा चुनाव आफैंमा एउटा महाउत्सव हो । जनताले आफूलाई मन परेका उम्मेदवार छान्ने अवसर पाउँछन् । त्यसैले यस्ता चुनावलाई भयरहित, स्वतन्त्र र निष्पक्ष गरिनु अपरिहार्य छ । जनताले आफ्नो अभिमत कुनै प्रलोभन वा भयका बीचमा व्यक्त गर्न नपरोस् भन्नेतर्फ समग्र राजनीतिक नेतृत्व, शासन प्रणाली र निर्वाचन आयोग समेत राज्यका सबै अवयवले काम गर्नु पर्दछ । कुनै कारणवश अयोग्य व्यक्तिले छलछाम मार्फत् चुनाव जिते त्यो मुलुकका लागि प्रत्युत्पादक हुनेमा कुनै शंका छैन ।

चुनावप्रति जनताको मनोविज्ञान केही अघिसम्म खासै उत्साहजनक नरहेको विभिन्न अध्ययनहरुले देखाएकै हुन् । तर जति चुनाव नजिकिँदो छ जनतामा विस्तारै चुनावप्रति एक किसिमको आकर्षण देखा पर्न थालेको छ । दलहरुका विगत पाँच वर्षका कार्यशैलीबाट निराश भएर भोट नदिने भन्दै बसेका व्यक्तिहरुको मनस्थिति पनि विस्तारै बदलिन थालेको आभास हुन थालेको छ । यो निकै सकारात्मक कुरा हो ।

चुनावी सरगर्मी ल्याउन प्रमुख दलका नेताहरु र स्वतन्त्र उम्मेदवारहरुले निकै पहल गरेको देखिन थालेको छ । काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारहरु विजयी भएपछि देशैभरि खैलाबैला मच्चिएको थियो । अहिले फेरि संघ र प्रदेश चुनावमा पनि एउटा समूह स्वतन्त्र उम्मेदवारका रुपमा मैदानमा उत्रिसकेको छ । यस्तो अवस्थामा चुनावी सरगर्मी केही बढ्नु स्वाभाविकै हो ।

अरु त, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफ्नै गृहजिल्ला डडेल्धुरामा शृंखलाबद्ध चुनावी सभा गर्नु भएको छ । उहाँमाथि स्वतन्त्र र बागीको निकै ठूलो दबाब छ । अर्को प्रमुख दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापामा राप्रपासँग तालमेल र चुनावी सभा गरेर अहिले देश दौडाहामा निस्कनु भएको छ । दार्चुलाबाट चुनावी सभा शुरु गर्नु भएका उहाँ काठमाडौं, धादिङ र कास्की पुग्नु भएको छ । अर्थात् उहाँ आगामी सरकार एमालेको नेतृत्वमा बनाएरै छाड्ने अभियानमा देशव्यापी दौडाहामा हुनुहुन्छ ।

अर्को दल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा र सेरोफेरोका जिल्लामा व्यस्त देखिनु भएको छ । तर अन्यत्रका कार्यक्रममा उहाँ खासै देखा पर्नु भएको छैन ।

बरु, स्वतन्त्र पार्टी खोलेर चुनावी मैदानमा डटिरहनु भएका ऋषि लामिछाने मोरङ, चितवन, सुर्खेत गर्दै देशभर सक्रियतापूर्वक खटिरहनु भएको छ ।

अहिले प्रमुख दलले सार्वजनिक गरेका चुनावी घोषणापत्रमा जनताको खासै रुचि देखिन्न । नेताहरु आफ्ना चुनावी एजेन्डालाई थाँती राखेर एकअर्कालाई गालीगलौज गर्ने ध्याउन्नमा लागेका छन् । गठबन्धन र इतर गठबन्धन जेसुकै भने पनि उनीहरु आगामी सरकार एक्लै बनाउन नसक्ने मुडमा देखिन्छन् र गठबन्धन उनीहरुका लागि बाध्यकारी हुनेछ । त्यसैले चुनावमा सिद्धान्त भन्दा पनि गठजोड कसरी मजबूत बनाउने र सरकार बनाउने तर्फ स्टार प्रचारकहरुको ध्यान छ ।