१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन

चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन
अ अ+ अ-

सिरहा।  सिरहाको धनगढीमाई, गोलबजार र मिर्चैया नगरपालिकामा पर्ने चुरे क्षेत्र मूल भएर बग्ने गागन, कशाहा, बाखेट र घुर्मीखोलामा अवैध रूपमा भइरहेको ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन रोक्न जिल्ला प्रशासन कार्यालयको टोलीले आज स्थलगत अनुगमन गरेको छ ।

चुरेबाट नदीजन्य पदार्थको तोकिएको सीमाभन्दा बढी उत्खनन तथा अनियमित गतिविधिबारे लगातार गुनासो आएपछि अनुगमन टोली परिचालन गरिएको हो ।

अनुगमनपछि सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले अवैध उत्खननले वातावरणीय तथा भौतिक जोखिम बढाउने भएकाले कानुनी प्रक्रियाअनुसार मात्र उत्खनन गराइने बताउनुभयो । उहाँले गलत कार्यलाई कडाइका साथ नियन्त्रण गर्ने उद्देश्यले अनुगमन गरिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “बारम्बार गुनासो आउन थालेपछि वास्तविक अवस्था के छ भनेर बुझ्न हामीले अनुगमन गरेका हौँ । यसक्रममा जथाभावी खोला उत्खनन गरेको, निजी जग्गासम्म खोस्री मापदण्डविपरीत ढुङ्गा, गिट्टी, बालुवा निकालिएको पाइएको छ । कतिपय स्थानमा करिब २० फिट गहिरोसम्म खाल्डा पारिएकाले ती क्षेत्रहरू जोखिमपूर्ण बनेका छन् ।”

सहायक प्रमुख जिल्ला अधिकारी बरालले अवैध उत्खननलाई तत्काल रोक्न निर्देशन दिँदै भन्नुभयो, “देखिएका कमजोरीबारे ठेकेदारलाई सचेत गराएका छौँ । अबदेखि मापदण्डअनुसार कानुनले तोकेको प्रक्रिया पालन गर्नुपर्छ । अवैध उत्खनन कानुनविपरीत हुनुका साथै यसले वातावरणीय जोखिम पनि निम्त्याइरहेको हुन्छ, यसलाई रोक्न जरुरी छ ।”

अनुगमनका क्रममा गोलबजार–१ मुक्सार बलडाँडाका स्थानीयले घरनजिकै ठेकेदारले गिट्टी, बालुवा उत्खनन गरी ठूलाठूला खाल्डा पारेकाले जोखिम बढेको गुनासो गर्नुभयो । धनगढीमाई–८ स्थित परोपकार गिट्टी–बालुवा उद्योग तथा पुष्पदीप क्रसर उद्योगलाई दुई दिनभित्र आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको बरालले जानकारी दिनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी बरालको नेतृत्वमा भएको अनुगमन टोलीमा इलाका प्रशासन कार्यालय लहानका प्रमुख वेदनिधि खनाल, आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख कर अधिकृत भीम काफ्ले, सिँचाइ विकास डिभिजन कार्यालय सिरहाका प्रमुख हस्मत अन्सारी, गोलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र महतो, इञ्जिनियर जयगणेश सिंह, जिल्ला समन्वय समितिका प्रतिनिधि तथा सुरक्षाकर्मीको सहभागिता थियो ।

यसअघि सोही टोलीले लहान नगरपालिकामा पर्ने खुट्टीखोला क्षेत्रको पनि अनुगमन गरिसकेको छ । इलाका प्रशासन कार्यालयका प्रमुख खनालले जिल्लाका विभिन्न नदी तथा खोलामा हुने अवैध उत्खनन रोक्न नियमित अनुगमन जारी रहेको बताउनुभयो । रासस