११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

महर्षि धनञ्जयगोत्री समाजको दोस्रो स्थापना दिवस सम्पन्न

महर्षि धनञ्जयगोत्री समाजको दोस्रो स्थापना दिवस सम्पन्न
अ अ+ अ-

काठमाडौं । महर्षि धनञ्जयगोत्री समाज नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको दोस्रो स्थापना दिवस तथा धनञ्जय गोत्रीय राष्ट्रिय भेलाले धनञ्जयगोत्रीहरुको इतिहास उत्पत्ती आदिका विषयमा थप खोज तथा अनुसन्धान अगाडि बढाउने निर्णय गरेको छ ।

भेलामा नेपालमा धनञ्जय गोत्रका ४५ धरहरु रहेको र भारतका विभिन्न स्थानमा ५४ थर रहेको जानकारी दिदै हाल सो समाजमा १९ थरका प्रतिनिधि सहभागी रहेको र अन्य थरका व्यक्तिलाई पनि क्रमशः अवद्ध गर्दै लगिने जानकारी गराइयो ।

सहभागीहरुले विभिन्न पेशा वा बासस्थान आदिका कारण एउटै गोत्रभित्र धेरै थरहरु भए पनि आफ्ना आदिम पुर्खाहरु एउटै परिवारबाट आएका भएकाले त्यसको बारेमा खोज र अनुसन्धान गरी नयाँ पुस्ताहरुलाई ज्ञानहस्तान्तरण गर्नु पर्ने कुरामा जोड दिएका थिए ।

समाजका सयोजक नेपाल सरकारका पूर्व सचिव युवराज भुषालको सभापत्विमा सम्पन्न भेलाले समाजलाई आगमी दिनमा कसरी थप व्यबस्थित र चुस्त बनाउने भन्ने विषयमा कार्ययोजना पारित गर्दै वर्षमा कम्तिमा एक पटक बन्धुहरुको भेला आयोजना गर्ने निर्णय गरेको छ ।

देशका विभिन्न जिल्लाबाट आउनु भएका प्रतिनिधिहरुले धनञ्जय गोत्र भित्रका विभिन्न थरसँग सम्बिन्धित समाजका प्रतिनिधिहरुले कतिपयको बंशावली तयार भई सकेको र केहीको तयारीको क्रममा रहेको जानकारी गराएका थिए ।  सो अवसरमा महर्षि धनञ्जय गोत्रीय बंशको चिनारी नामक पुस्तकको विमोचन गरिएको थियो ।