२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनपिएल क्वालिफायरः लुम्बिनीविरुद्ध टस जितेर विराटनगरले पहिला बलिङ गर्दै सर्वोच्चको आदेशपछि पुनर्बहाली भएका शाक्य र ऊर्जा मन्त्री घिसिङबीच भेटवार्ता नक्कली नोटसहित एक जना पक्राउ पुस १ गतेदेखि बाघ गणना गरिँदै विकटको सुगम मातृ स्वास्थ्य सेवाः सान्नी त्रिवेणी गाउँपालिका घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य गाउँघरमा प्रयोग हुने परम्परागत पानीघट्टाको प्रचलन हराउँदै नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ कार्की सरकार असंवैधानिक हो, कुनै प्रतिष्ठान मास्ने अधिकार छैनः ओली ट्रम्प गोल्ड कार्ड आजदेखि लागू हुँदै जेन–जी र सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः कलाबिहीन भद्दा नाटक
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा अबरोध: कांग्रेसको अडान कायमै ,नीति तथा कार्यक्रम के होला ?



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन नभएसम्म आफ्नो अडान कायमै राख्ने निर्णय गरेको छ ।

आज (सोमबार) कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । बैठक पछि काग्रेस प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य प्रकाशशरण महतले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन नभएसम्म आफूहरु पछि नहट्ने बताउनु भयो ।

उहाले सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषयलाई गम्भीरताको साथ लिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो ‘अस्तिदेखि हामीले जे राख्दै आएका थियौं, आजको कुरा पनि त्यही हो । संसदीय छानविन समिति बन्नुपर्छ भन्ने हाम्रो बटमलाईन हो ।’ उहाँले भन्नुभयो ‘राष्ट्रपतिज्यूमार्फत सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत हुँदैछ भने यसलाई सरकारले कति गम्भीरताको साथ लिएको छ रु विपक्षीले जायज माग राखेको छ ।’

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ १ गते सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।