१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

कालिका मन्दिरको इतिहास समेटिँदै

कालिका मन्दिरको इतिहास समेटिँदै
अ अ+ अ-

गलकोट । कालिका मन्दिरको उद्यानमा अहिले डोला बोकेका दुई जनासहित तीन व्यक्तिको प्रतिमा स्थापित गरिएको छ । अगाडि एक जना तरबार (खड्ग) बोकेका व्यक्ति र त्यसपछि दुई जनाले डोला बोकेको प्रतिमा स्थापना गरिएको हो ।

तर उक्त पुर्खाहरुको तस्बिरसहितको प्रतिमाको विषयमा उद्यानमा पुगेका अधिकांश धार्मिक पर्यटकले भेउ नै पाउदैनन् । प्रतिमा कतिपयले पर्यटक आकर्षण गर्न निर्माण गरेको कला भने त केहीले कालिका मन्दिरलाई सहयोग गर्ने दाताको शालिक भने उक्त प्रतिमा कालिका मन्दिरको इतिहासलाई झल्काउने खालको छ ।

कालिका भगवती गुठी व्यवस्थापन समितिले पर्वत जिल्ला कुस्मा नगरपालिका–१० का कलाकार प्रकाश परियारको सहयोगमा कालिका मन्दिर स्थापनाको इतिहास समेटिएको तीन जना पुर्खाको प्रतिमा निर्माण गरेको हो ।

गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक पर्यटकीय क्षेत्रका रुपमा रहेको कालिका भगवती मन्दिर बागलुङ स्थापनाका विषयलाई आमजनमानसमा पुर्‍याउन चित्र (प्रतिमा) स्थापना गरिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । उहाँले कालिका मन्दिर कसरी स्थापना भयो भन्ने विषयलाई प्रतिमाले प्रष्ट देखाउने बताउनुभयो ।

विसं १५९१ मा कालिका मन्दिर स्थापना गरिएको थियो । कालिका मन्दिर स्थापना भएको किंवदन्तीका आधारमा उक्त प्रतिमा निर्माण गरिएको हो । तीन जनामध्ये प्रतिमामा अघिल्ला व्यक्तिले खड्ग बोक्नुभएको छ भने पछिल्ला दुई जनाले डोला बोक्नुभएको छ ।

विसं १५९१ मा पर्वते राजा प्रतापी नारायणसिंह मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरीसँग विवाह गर्नुभएको थियो । विवाहमा राजकुमारीले आफूसँगै दाइँजोका रुपमा ल्याएकी कालिका देवीको मूर्ति डोलामा बोकेर यही कालिका मन्दिर रहेको स्थानसम्म ल्याइएको थियो । राजकुमारी कालिका देवि भएको अनन्य भक्त हुनुहुन्थ्यो ।

कालिका देविको मूर्ति अहिले कालिका मन्दिर रहेको स्थानमा ल्याएर बिसाइएको थियो । डोलामा बोकेर ल्याइएको मूर्ति बिसाइएको भोलिपल्ट मूर्तिसहितको डोली उठाउन खोज्दा डेग नचलेपछि बागलुङका चक्र पुवार र लङ गाउँका दुई जना मगरलाई सहयोगका लागि बोलाइएको किंवदन्ती रहेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । उहाँले कालिका मन्दिर स्थापनाको सन्र्दभलाई प्रतिमामा उतारिएको बताउनुभयो ।

उक्त ठाउँमा राजाको इच्छाअनुसार डेग नचलेको कालिका देविको मूर्ति त्यही कालिका मन्दिर निर्माण गरेको स्थापना गरिएको थियो । मन्दिर स्थापनादेखि हालसम्म बागलुङका पुवाँर खड्काहरुले पुजारीका रुपमा कालिका मन्दिरमा मूल पुजारीका रुपमा पूजा गर्दै आएका छन् ।

“कालिका मन्दिर कसरी स्थापना भयो भन्ने इतिहास अहिले स्थापना भएको खड्ग बोकेका चक्र पुँवार र डोला बोकेका उनका दुई साथीहरुको प्रतिमाले प्रष्ट देखाउँछ”, खड्काले भन्नुभयो, “महत्वपूर्ण इतिहास मेटिन सक्छ भनेर एक लाख ५० हजार खर्चेर प्रतिमा बनाइएको हो जसले चार सय ९० वर्ष पुरानो इतिहासलाई मेट्न दिदैन ।”

बागलुङ कालिका भगवती मन्दिरमा पूजाअर्चना गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । त्यही विश्वासका आधारमा यहाँ हजारौँ खसीबोका, राँगा तथा हाँस कुखुराको बलि दिने गरिन्छ भने परेवालाई उडाउने चलन रहेको छ । कालिका मन्दिरमा दसैँ र चैते दसैँको समयमा दर्शनार्थीको ठूलो भीड लाग्ने गर्दछ ।

यहाँ चैते दसँैकाअवसरमा ठूलो मेला लाग्दै आएको छ । सङ्घीय सरकारको एक सय पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत कालिका मन्दिरको इतिहास क्यूआर कोडमार्फत अध्ययन गर्नसक्ने व्यवस्था बागलुङ नगरपालिकाले मिलाएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो । रासस