२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसै हप्ताभित्र सरकार बिस्तार हुन्छ: मुख्यमन्त्री कार्की



कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की
अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले यसै हप्तामा सरकार बिस्तार हुने बताउनुभएको छ ।

सोमवार कोशी प्रदेश सभाको बैठकमा विश्वासको मत पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार बिस्तारबारे केही सैद्धान्तिक कुराहरु भइसकेको र त्यसकै आधारमा यही हप्तामा सरकार बिस्तार गर्ने बताउनु भयो ।

कार्कीले ५७ मत प्राप्त गर्नुभएको थियो ।  प्रदेश सभा बैठकमा उपस्थित ६२ जना सांसदमध्ये ५७ जनाले उहाँलाई समर्थन गरेका थिए । नेकपा एमालेका ४०, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का ३, जसपाका १ सांसदले समर्थन गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ जना सांसद तटस्थ थिए । बहुमत गुमाएका दिन कि विश्वासको मत लिनुपर्ने की राजीनामा दिनुपर्ने वा अर्को सरकार बनेपछि स्वीकार्नुपर्ने कुरामा आफूहरु स्पष्ट रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केही सैद्धान्तिक कुराहरु हामीले गरेका छौँ, यसको आधारमा अब हामी एक दुई दिनभित्र सबै कुरा टुंग्याएर ढिलोमा पनि यो हप्ताभित्र सरकार बिस्तार गरिसक्छाँै । जसपाल पक्षमा रहेर र नेकपा एसले विपक्षमा रहेर हामीलाई समर्थन गरेको छ । जसपाको सनाखत भइरहेको छ, निर्वाचन आयोगले दिएको सनाखतको समयपछि हामी बाँकी कुरा अघि बढाउनेछौँ । नेकपा एकीकृत समाजवादीको भने विपक्षमा समर्थन छ । त्यही अनुसार अघि बढ्नेछौँ । समयक्रममा सबैको सरकार बन्न पनि सक्छ । बहुमत गुमाएका दिन कि विश्वासको मत लिनुपर्छ, की राजीनामा दिनुपर्छ । की अर्को सरकार बनेपछि स्वीकार्नुपर्छ । यसमा हामी स्पष्ट छौँ ।’

सर्वोच्च अदालतले अल्पकालीन आदेश नगरेको र रिट जारी पनि नगरेको तथा कुनै कामकाज नरोक्नु भनेकाले कामकाज नरोकेको स्पष्ट पार्दै सर्वोच्चले भविष्यमा गर्ने कुनैपनि फैसला आफूहरुले मान्ने बताउनु भयो ।