१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिक्मत कार्कीलाई विश्वासको मत



अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाएका छन् । उनको प्रस्तावको पक्षमा ५७ मत प्राप्त गर्दा ५ जना तटस्थ बसे । बैठकमा ६२ जना प्रदेशसभा सदस्य उपस्थित थिए ।

संविधानको धारा १६८ (५) अन्तर्गत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्रीलाई एमालेका उप सभामुख सहित ४० माओवादीका १३ एकीकृत समाजवादीका ३ र जसपा नेपालका १ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिए ।

कार्कीले प्रदेश सभाको आजको बैठकमा संविधानको धारा १६८ (४) बमोजिम विश्वासको मतको प्रस्ताव पेस गरेका थिए ।