२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने

पर्यटन र रात्रिकालीन व्यवसाय सहजरुपमा सञ्चालनका लागि कार्यदल

पर्यटन र रात्रिकालीन व्यवसाय सहजरुपमा सञ्चालनका लागि कार्यदल
अ अ+ अ-

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कोभिड–१९ को चपेटामा परेको पर्यटन र रात्रिकालीन व्यवसायलाई सहजरुपमा सञ्चलान गरी सामान्य अवस्था फर्काउन कार्यदल बनाइने बताउनुभएको छ । काठमाडौँ उपत्यकाका पर्यटनसँग सम्बन्धित व्यवसायीसँग मन्त्रालयमा आज भएको छलफलमा उहाँले मन्त्रालयका सहसचिवको नेतृत्वमा सम्बन्धित अन्य मन्त्रालय, विभाग र सम्बद्ध व्यवसायी सम्मिलित सदस्य रहेको कार्यदल बनाइने बताउनुभएको हो । ती व्यवसाय पूर्णरुपमा खुला गर्दा हुने सकारात्मक र नकारात्मक असरबारे अध्ययन प्रतिवेदनका आधारमा थप निर्णय लिइने गृहमन्त्री खाँणको भनाइ थियो ।

उहाँले व्यवसायको सम्मान राष्ट्रको सम्मान भएको भन्दै पर्यटन र रात्रिकालीन व्यवसायलाई सम्मानित बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । “व्यवसायको सम्मान राष्ट्रको सम्मान हो । रात्रिकालीन व्यवसायलाई सम्मानित बनाउँ”, मन्त्री खाँणले भन्नुभयो, “सरकार पर्यटन व्यवसायमैत्री छ । हामी तपाईहरूलाई स्वतन्त्ररूपमा व्यवसाय चलाउन दिने पक्षमा छौँ । तर नागरिकको जीवनरक्षा सरकारको पहिलो दायित्व हो । त्यसमा व्यवसायी र सरकार गम्भीर बन्नुपर्छ ।”

उहाँले पर्यटन व्यवसायीले भोगेको पीडाबारे सरकार जानकार रहेको भन्दै व्यवसायीका पीडामा सरकार संवेदनशील रहेको उल्लेख गर्नुभयो । कुनै पनि नेपालीको अकालमा मृत्यु हुन नदिन सरकारको पहिलो प्राथमिकता रहेको भन्दै त्यसमा ख्याल गर्न व्यवसायीलाई उहाँले आग्रह गर्नुभयो ।

सरकार पर्यटन व्यवसायीको संवद्र्धनका पक्षमा रहेको बताउँदै उहाँले पर्यटन व्यवसायलाई कसरी पूर्णरूपमा पहिलाको जस्तै अवस्थामा फर्काउन सकिन्छ भन्ने विषयमा विश्लेषण गरेर अगाडि बढ्ने बताउनुभयो । मन्त्री खाँणले स्वास्थ्यका मापदण्ड पूरा गरेर र सरकारका नीतिनियम पालना गरेमा व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो ।

बैठकमा गृहसचिव टेकनारायण पाण्डेले व्यवसायलाई सुरक्षित बनाउने दायित्व व्यवसायीको भएको भन्दै त्यसमा सरकारले सहयोग गर्ने बताउनुभयो । जनजीवनलाई सामान्यीकरण गर्न सरकार तयार रहेको उल्लेख गर्दै उहाँले त्यसमा व्यवसायीले निर्धारित मापदण्ड प्रयोग गरेर सहयोग गर्नुपर्ने बताउनुभयो । पर्यटन व्यवसाय खुलेपछि बन्द नहुनेगरी सजगता र तयारी अपनाउन पनि उहाँले आग्रह गर्नुभयो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले अहिलेसम्म पर्यटन व्यवसाय खुल्दा केही स्थानमा स्वास्थ्यको मापदण्ड पालनामा समस्या देखिएको भन्दै त्यसलाई सच्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले व्यवसाय, पर्यटक र शान्तिसुरक्षालाई व्यवस्थित बनाउनसमेत ध्यान दिनुपर्ने बताउनुभयो ।

बैठकमा दोहोरी व्यवसायी सङ्घका विनोद श्रेष्ठ, ठमेल पर्यटन विकास परिषद्का राजुमान डङ्गोल, व्यवसायी मिलन कार्की, रात्रिकालीन व्यवसायी सङ्घका दिनेश श्रेष्ठ, डान्सबार सङ्घका राजकुमार लामाले कोभिड–१९ का कारण व्यवसाय बन्द हुँदा आफूहरूले झेल्नुपरेका समस्याबारे अवगत गराउनुभएको थियो । उहाँहरूले आफूहरू सरकारले बनाएको नीतिनियम र स्वास्थ्य मापदण्ड पालना गर्न तयार रहेको भन्दै २४सै घण्टा व्यवसाय सञ्चालनका लागि वातावरण बनाइदिन आग्रह गर्नुभएको थियो ।