१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोली बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक, यस्ता छन् सम्भावित कार्यसूची



अ+ अ-

काठमाडौँ । संसद सचिवालयले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयका महासचिव भरतराज गौतमले भोली बस्ने  प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका हुन् । 

भोलिको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्राप्त अध्यादेश खारेजसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची समावेश गरिएको छ। 

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षणको ५८ औँ वार्षिक प्रतिवेदन २०७८ पेश गर्ने कार्यसूची छ। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख सापकोटाको भूमिकालाई लिएर भदौ २३ गतेबाट निरन्तर संसद अवरोध गर्दै आइरहेको छ।

यस्तो छ सम्भावित कार्यसूची