• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

जिम्बाब्वे ए टोलीसँग हुने शृंखलाका लागि क्रिकेट टोलीले अभ्यास थाल्यो



काठमाडौं । शनिबारदेखी कीर्तिपुर मैदानमा जिम्बाब्वेको ए टोलीसँग हुने तीन एक दिवसीय र तीन ट्वान्टी–२० शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबारबाट प्रशिक्षण थालेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बाबेविरुद्ध हुने एकदिवसीय र टी ट्वान्टी शृंखलाका लागि बोलाएका २३ खेलाडीलाई समावेश गर्दै बुधबारबाट प्रशिक्षण थालेको हो । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा टोलीले पहिलो दिन बुधबार ब्याटिङ पक्षलाई ध्यान दिँदै प्रशिक्षण गरेको थियो । यस अघि मंगलबा टोली त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा फिटनेसको अभ्यास गरेको थियो । राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेसँगै टोलीलाई बन्द प्रशिक्षण सुरु गरिएको हो ।

कीर्तिपुर स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने शृंखलामा क्यानले यस अघि सन्दीप लामिछानेको कप्तानीमा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भिम सार्की, सुसन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, बिक्रम सोब र सुनिल धमलालाई समेटेर टोली घोषणा गरेको थियो । जसमा बसिर अहमदले पहिलो पटक स्थान बनाएका छन भने सुनील धमलाले लामो समयपछि कमब्याक गरेका छन । आयोजक नेपालले भ्रमणकारी टोली जिम्मेबाब्वे ए टोलीसँग तीन एकदिवसीय र तीन ट्वान्टी–२० शृंखला खेल्दै छ । यही टिमबाट खेलको दिन सुरुवाती ११ छनोट गरिने क्यानले जनाएको छ ।

शृंखला बैशाख १७ गते बाट हुँदै छ । १० दिन चल्ने सिरिजमा जिम्बावेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहने छ । एक दिवसीय शृंखला बैशाख १७ देखि २१ सम्म चल्ने छ भने ट्वान्टी–२० बैशाख २३ देखि २६ सम्म सञ्चालन हुने तालिका रहेको छ ।