२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने

बाँकेमा चाडपर्व लक्षित सुरक्षा योजना लागू

बाँकेमा चाडपर्व लक्षित सुरक्षा योजना लागू
अ अ+ अ-

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले चाडपर्वका बेला हुने सम्भावित घटनालाई लक्षित गरी एकीकृत सुरक्षा योजना लागू गरेको छ । दसैँ, तिहार र छठ पर्वका बेला हुनसक्ने चोरी, डकैती, ठगीलगायत आपराधिक गतिविधिलाई ध्यान दिँदै सुरक्षा योजना लागू गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताउनुभयो । 

उहाँका अनुसार, एकीकृत सुरक्षा योजनाअन्तर्गत विशेष टोली परिचालन गरिएको छ । मूलतः जिल्लाको भारतीय सीमा नाका जमुनाहादेखि कोहलपुरसम्म सुरक्षा निगरानी बढाइएको छ । यसैगरी प्रशिक्षित कुकुरसहित सादा पोशाकका झण्डै १५० प्रहरीसमेत परिचालन गरिने जनाइएको छ भने नागरिकको सुरक्षाका लागि जमुनाहा नाकादेखि कोहलपुरसम्म विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । 

त्यस्तै राजमार्ग क्षेत्रमा ‘रिफ्रेस सेन्टर’ स्थापना र ‘सरप्राइज चेकिङ’को व्यवस्था गरिएको जनाइएको छ । स्थानीय प्रशासनसँगको समन्वयमा बजार अनुगमन गर्ने विषयलाई समेत सुरक्षा योजनामा समेटिएको छ । 

अर्कोतर्फ जिल्ला प्रहरी कार्यालय बाँकेले सर्वसाधारणका लागि आज एक सूचना जारी गर्दै यात्रा गर्दा वा अन्य जुनसुकै अवस्थामा अपरिचित व्यक्तिले दिएको कुनै पनि वस्तु नखान, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन आग्रह गरेको छ । 

नागरिककले चाडपर्वमा अनावश्यक गरगहनाको प्रदर्शन तथा गरगहना लगाएर एक्लै हिँडडुल नगर्न, रातको समयमा सुत्नुअघि झ्याल ढोका राम्रोसँग बन्द गर्नसमेत आग्रह गरिएको प्रवक्ता न्यापानेले बताउनुभयो । कोरोना जोखिमलाई न्यूनीकरण गर्न स्यानिटाइजर तथा मास्कको प्रयोग र सामाजिक दूरीको पालना गरी चाडपर्व मनाउनसमेत प्रहरीले आग्रह गरेको छ ।