२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने

सुसाइड सबै नराम्रो मात्रै हुँदैन है साथी हो: प्रचण्ड

सुसाइड सबै नराम्रो मात्रै हुँदैन है साथी हो:   प्रचण्ड
अ अ+ अ-

काठमाडौ ।  नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको क्रान्तिकारी चरित्र र क्रान्तिकारी कार्यशैलीमा ह्रास आएको बताउनुभएको छ ।  अध्यक्ष प्रचण्डले बिहीवार अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पार्टीको क्रान्तिकारी चरित्रमा ह्रास आएको बताउनुभएको हो । विगतमा सामाजिक रुपान्तरण, क्रान्ति र परिवर्तनको निम्ति काम गर्ने पार्टी नेता कार्यकर्ताहरुको कार्यशैलीमा स्खलन भएको उहाँले बताउनुभयो । पार्टीका नेताहरु पद, प्रतिष्ठा, पैसा र कमिशनको निम्ति मरिहत्ते गर्ने भन्दै उहाँले पार्टीभित्र अवसरवादी चरित्र मौलाएको बताउनुभयो । जो नेता जतिधेरै माथि भयो उतिधेरै स्खलित भएको उहाँको भनाई छ । पार्टीबाट जति धेरै मन्त्री बने उनीहरु नै पतन भएको भन्दै अध्यक्ष प्रचण्डले पार्टीमा रुपान्तरणको खाँचो रहेको औँल्याउनुभयो ।

उहाँले भन्नुभयो – ‘हामी बिस्तारै विस्तारै थाहै नपाइकन गएको दश पन्ध्र वर्ष यता हाम्रो क्रान्तिकारी चरित्रमा ह्रास आएको छ । हामी हिजो सामाजिक रुपान्तरणको निम्ति, क्रान्तिको निम्ति, परिवर्तनको निम्ति, उत्पादनको निम्ति जनताको निम्ति काम गर्ने हाम्रो क्रान्तिकारी कार्यशैलीमा स्खलन भएको छ । र हामी बिस्तारै विस्तारै थाहै नपाईकन हिजो क्रान्तिकारी आन्दोलनलाई, जनयुद्ध र जनआन्दोलनलाई दबाउन सरकारमा बसेका पार्टीहरुले जेजस्ता हत्कण्डा अपनाउथे बिस्तारै हामी उस्तै उस्तै हुँदै जाने खतरा पैदा हुन थालेको छ ।

हामीपनि पदको निम्ति, प्रतिष्ठाको निम्ति, पैसाको निम्ति, कमिशनको निम्ति, दलाल पुँजिपतिहरुसँग, नोकरशाहसँग उनीहरुको हितहरु प्रति बढी संवेदनशिल हुने आफ्नै वर्गलाई बिर्सने जस्तो । जो जति माथि नेतृत्वमा पुग्यो त्यो त्यतिधेरै अवसरवादी । जो जतिधेरै मन्त्री भयो त्यो त्यतिधेरै । जसलाई धेरै मन्त्री बनाएँ मैले पार्टीबाट ति पतन भए । जो जति माथि आयो त्यो त्यति दलालहरुसँग एकाकार भएर गयो । जता सँग सम्बन्ध बिच्छेद भएजस्तो भयो ।’  

अध्यक्ष प्रचण्डले विगतमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) रहँदा तत्कालीन पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली सँगको लडाइँ जिवन मरणको लडाइँ भएको स्मरण गर्नुभयो । त्यतिखेर आफु आत्महत्या गर्ने कि लडाइँ लड्ने भन्ने अवस्थामा रहेको भन्दै उहाँले जोखिम उठाएर क्रान्तिकारी ढंगले लड्ने संकल्पसाथ लडेको उल्लेख गर्नुभयो । उहाँले केपी ओलीमाथि विजय प्राप्त गरेको पनि बताउनुयभो ।

उहाँले भन्नुयो – ‘मेरो अगाडी अब फेरी लडाइँ गर्ने कि, आत्मसमर्पण त मैले गर्न सक्दिनँ । गर्न हुँदैन । हजारौँ सहिदहरु, हजारौँ बेपत्ता योद्धाहरु, घाइते, अपांगहरुको सबै ऋण त मुख्य रुपमा त मेरो टाउकोमा छ । या त, मैले याद सकिन मैले यत्ति नै रहेछ भनेर आफुले आफैँलाई सुसाइड गर्नुपर्ने ।

  • सुसाइड सबै नराम्रो मात्रै हुँदैन है साथी हो । मार्क्सको ज्वाई छोरी सबैले सुसाइड गरेको कथा सायद तपाईहरुले पढ्नुभएको होला । सबै सुसाइड गलतै हुन्छ भन्ने हुँदैन । या त लड्नुपर्ने । अब लड्ने कि मर्ने ? फेरि पनि मृत्यू या मुक्तिको ठाउँमा पुगेको देखेँ मैले । पार्टी भित्र पनि र पार्टी बाहिर पनि ।  र अन्तिममा पार्टी भित्रका सबै साथीहरुको सहयोगबाट हामी फेरी लड्ने क्रान्तिकारी ढंगले लड्ने । पुरा जोखिम उठाएर लड्ने । जेल जानुपर्छ भने जाने । मारिनुपर्छ भनेपनि तयार हुने । तर प्रतिक्रान्ति र प्रतिगमनको अगाडी हरहालतमा नझुक्ने भन्ने हामीले संकल्प गरियो । त्यही संकल्पबाट शुरु भयो सडक आन्दोलन । ’

अध्यक्ष प्रचण्डले वर्तमान निर्वाचन प्रणाली खर्चिलो भएका कारण चुनाव लड्न नसक्ने स्थिति आएको भन्दै पूर्ण समानुपातिक निर्वाचन प्रणाली बनाउनुपर्ने बताउनुभयो । यसका निम्ति सडकबाटै जनताले दबाब दिनुपर्ने पनि उहाँले बताउनुभयो । उहाँले गाउँघरमा केपी ओली र कमल थापाहरुको आतंक भएको भन्दै ति आतंकलाई परास्त गर्न नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो । अध्यक्ष प्रचण्डले पार्टीभित्र आफुविरुद्धमा गुटबन्दी बनाउने कोसिस भइरहेको भन्दै आफु नेतृत्व छाड्न तयार नभएको स्पष्ट पार्नुभयो ।

उहाँले अहिलेको अवस्थामा पार्टी थेग्न सक्ने कोही नदेखेको भन्दै विचार, योजना र कार्यक्रमसहित आउनेलाई नेतृत्व छोड्न तयार रहेको उल्लेख गर्नुभयो । तर उत्तराधिकारी अहिले नै घोषणा नगर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘आज प्रतिक्रियावादीहरु खुलेआम गाउँघरमा टोलटोलमा उनीहरुको आतंक छ । वाइसियल आतंक छैन । माओवादी आतंक छैन अहिले । अहिले त केपी आतंक । ओली आतंक । जसले गणतन्त्र रोक्नका लागि लड्यो त्यसको पो आतंक छ हामी माथि । के अचम्म भयो यो ? कमल थापा आतंक । कहाँबाट कहाँ पुगेकाहरु चाहीँ तिनीहरुको पो आतंक छ । अनि हामीलाई टुक्राटुक्रा पा¥यौँ भनेर उनीहरु दंग परेका छन् । पोहोर यो विघटन गर्ने बेलामा माओवादी अब सिद्धियो भन्ने र प्रचण्डको अब केही मुल्य छैन । हुँदाहुँदा त भित्रकै साथीहरुले भन्न थाले अब प्रचण्डबाट केही माखो मर्दैन भन्छन् ।

मलाई त अनौठो लाग्छ हेर्नुस् । साथीहरुले नै भनेको सुन्छु मैले । मेरै अगाडी त भन्दैनन् । मेरो अगाडी त तपाई नै हो तपाई बाहेक कोही छैन भन्छन् । तर पछाडी गएर अब प्रचण्डबाट केही हुँदैन है अब हामीले अर्को तयारी । साच्चै गरिदिने साथी भए, यसले सबैलाई समेटेर लाने भयो भने त हेर्नुस् म त बसेर किताब लेख्न पाए म सबभन्दा खुशी हुन्थे । तर यसो हेर्छु छाँट । त्यसपटक यो लास्ट अबसर एकचोटी म लडाइँ लड्छु ।

त्यसो भन्ने साथीहरुलाई म सहृदयतापूर्वक तपाईहरु विचार योजना र कार्यक्रमसहित आउनुस् । तपाईको राम्रो भयो र पार्टीले पास ग¥यो भने तपाईलाई धन्यवाद दिएर उत्तराधिकारी घोषणा गरेर हिड्छु म चाहीँ । तर माओले लिनप्याओलाई गरेको जस्तो अहिले नै भन्दिने जस्तो गल्ती चाहीँ म चाहीँ गर्दिन । लिनप्याओलाई उत्तराधिकारी भनेको त त्यही लिनप्याओले माओलाई गोलि हान्न हिड्यो । उत्तराधिकारी भनेपछि त त्यो त काल रहेछ । म किन भन्ने म त्यो भन्दिनँ । राम्रो काम गरेर आउने साथीहरुलाई मैले बाटो छोडिदिन्छु भनिराखेकै छु मैले । त्यसकारण एकपटक हामी जाग्नुप-यो भन्ने हो ।’  

अध्यक्ष प्रचण्डले विगतमा एमालेको माधव नेपाल पक्षधर रहेका र नेपालले पार्टी विभाजन गर्दा साथ नदिएका १० जना नेताहरुले आफुलाई केपी ओलीविरुद्ध लड्न आग्रह गरेको भएपनि उनीहरुले नै ओलीसँग आत्मसर्मपण गरेको बताउनुभयो । आफुलाई एमाले फुटाएको आरोप लगाएको भन्दै उहाँले विगतमा तिनै दश नेताहरुसहिको बैठकले केपी ओलीलाई कारबाही गरेको तर्फ ति नेताहरुलाई स्मरण गराउनुभयो ।

उहाँले भन्नुभयो – ‘केही साथीहरु अहिले केपीसँग आत्मसमर्पण भन्नेकी के भन्ने गर्नुभाछ । अस्तिसम्म त उहाँहरुले मलाई दह्रोसँग उभिनुस् कमरेड तपाईको पछाडी हामी छौँ यो केपी तानाशाह नै हो । यो षड्यन्त्रकारी नै, अपराधी नै हो भन्थे ति दश भाई । अहिले त लुत्रुक्क परेर प्रचण्डले एमाले फुटाउन खोज्ने अरे मलाई गाली । होइन उहाँहरु पनि बसेर केपीलाई पार्टीबाट निकालेको होइन ? भन्छु म । केपीलाई निकाल्ने बेलामा त ति दशभाई पनि थिए केन्द्रीय समितिमा । पार्टीबाटै निकाल्दा सहि गरेका छन् । उनीहरुको सही माइन्युट नै छ । अनि मैले पार्टी फुटाउन खोजेको एमाले भन्न मिल्छ त ? तर भन्छन् । भन्ने त बेइमान भए भए सुन्ने र ताली लगाउने देखेर हैरान हुन्छ ।’   

अध्यक्ष प्रचण्डले युवा तथा विद्यार्थीहरुलाई विकृति र विसंगतिका विरुद्ध तथा प्रतिगमन र प्रतिक्रान्तिको विरुद्ध आक्रमक ढंगले प्रस्तुत हुन निर्देशन समेत दिनुभयो ।