२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेद्वारा १७ जना कम्युनिष्ट योद्धालाई सम्मान (भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)ले नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर पारेर १७ जना कम्युनिष्ट योद्धालाई सम्मान गरेको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा एक कार्यक्रमको आयोजना गरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई विभिन्न कालखण्डमा सहयोग पु¥याउनु हुने योद्धाहरुलाई सम्मान गर्नु भएको हो । यसरी सम्मानित हुनुहुनेमा कास्कीका स्वतन्त्र वामपन्थी नेता टेकनाथ बराल रहनु भएको छ ।

त्यसैगरी काठमाडौंकी नानीमैयाँ नकर्मी, अर्घाखाँचीका नेत्रप्रसाद ढुंगाना र तुलसी मिश्र, गोरखाका कुमार गुरुङ रहनु भएको छ । ललितपुरका चतुर व्यञ्जनकार, भारतीय कम्युनिष्ट पार्टीका सदस्य लिएर पछि नेकपाको सदस्य लिने हरिप्रसाद शर्मा काफ्ले, बागलुङका बसन्त गौचनलाई पनि सम्मान गरिएको छ । जनवादी गायक रामकृष्ण दुवाललाई पनि सम्मान गरिएको छ ।

सिन्धुपाल्चोकका छत्र बोहोरा, नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व अध्यक्ष माधवप्रसद अधिकारी, चुमकला बञ्जाडे, लक्ष्मीराज जोशी, अमर कार्की, धनुषाका फोटो पत्रकार विष्णु डंगोल, कुमारीदेवी महरा चमार, झापाका भिमबहादुर खतिवडालाई कम्युनिष्ट योद्धाको रुपमा सम्मान गरिएको छ ।