१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन काठमाडौं–धुन्चे सडकखण्ड ४ चक्के सवारीसाधनका लागि सुचारु, रसुवा पुनः सडक सञ्जालसँग जोडियो नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’ भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु नेपालको पहिरो विपत्तिप्रति चीनको दुःख, उद्धारमा सहयोग गर्ने सीको प्रतिबद्धता भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ?



अ+ अ-

काठमाडाैँ । भोटेकोशी बाढीमा परी सम्पर्कविहिन भएका पर्यटकको उद्दार गरिएको छ । नेपाल पर्यटन वोर्डले दिएको जानकारी अनुसार सम्पर्कविहिन भएका पर्यटकमध्ये विभिन्न देशका ११७ जना पर्यटकको उद्दार गरिएको हो ।

वोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) हिक्मतसिंह ऐरले हालसम्म भारतको ८५, चीनको १६, दक्षिण कोरियाको नौ, संयुक्त राज्य अमेरिकाको दुई र इटलीका दुईजनाको उद्दार गरिएको छ । यस्तै, देशको नाम नखुलेका तीन जनाको समेत उद्दार गरिएको छ । निमित्त सिईओ ऐरले अन्य हराएका पर्यटकको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र स्थानीय प्रशासनको समन्वयमा खोजी तथा उद्धार कार्य तीव्र पारिएको जानकारी दिनुभयो ।

यसबाहेक ट्रेकिङ कम्पनी, गाईड र सुरक्षा निकायले प्रभावित क्षेत्रमा फसेका पर्यटक तथा स्थानीयको उद्धारका लागि प्रयास गरिरहेका छन् । पर्यटन बोर्डले हराइरहेका व्यक्तिको विवरण सङ्कलन र प्रमाणीकरणका लागि विभिन्न निकायहरूसँग समन्वय गरिरहेको र सूचनाहरू अध्यावधिक गरिरहेको जनाएको छ ।

नेपाल पर्यटन बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न भनेको छ ।