११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने हैदरावादसँग नेपाल ‘ए’ पराजित सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार बाढी प्रभावित परिवारका लागि डिग्निटी किट र अन्तर्वस्त्र पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार



अ+ अ-

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। विपद्मा परेका नागरिकको उद्धार तथा सुरक्षाका लागि गृह प्रशासनले १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरेको छ।

बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बल नेपालका १ हजार ८४५ जना सुरक्षाकर्मी प्रत्यक्ष रूपमा खटिएका छन्। सडक सञ्जाल अवरुद्ध भएका कारण उद्धार टोलीले हवाई तथा पैदल मार्गबाट उद्धार कार्य अघि बढाइरहेका छन्।

स्थलगत पहुँच कठिन भएका क्षेत्रमा हवाई मार्गबाट उद्धारलाई प्राथमिकता दिइएको छ। नेपाली सेना तथा निजी हवाई कम्पनीका हेलिकप्टरले ६९ पटक उडान भरेर जोखिमपूर्ण अवस्थामा रहेका ३५१ जनालाई सुरक्षित स्थानमा पुर्‍याएका छन्।

प्रतिकूल मौसम र नदीको तीव्र बहावका बाबजुद सुरक्षाकर्मीले जोखिम मोलेर उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्। स्थानीय प्रशासन तथा सुरक्षा निकायले प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत वितरणको कार्यलाई थप प्रभावकारी बनाउँदै लगेको जनाइएको छ।